~राजेन्द्र खरेल~
चट्याङभित्र जीवन बाँच्ने पल हामी खोज्छौँ
बारुदको घेरा तोड्ने बल हामी खोज्छौँ
सुख सबै अँगाले दुःखको अस्तित्व के
मरुभूमिमा खनेर जल हामी खोज्छौँ
चापभित्र विस्फोट सत्य नियम हो
आफ्ना लागि आफ्नो छुट्टै थल हामी खोज्छौँ
आकाश र धर्तीबीच भेद भयो धेरै
बाघ बाख्रा मिलन हुने हल हामी खोज्छौँ
भत्काउनु सधै ध्वंस पनि त होइन
नासबाट निर्माणको भल हामी खोज्छौँ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ७ – Jan. 8, 2014 – २०७० पौष २४ गते, बुधबार)