~दुर्गा शर्मा~
जनताको बलिदानले गणतन्त्र आको हजुर
जनता सँधै भोका नाड्ड्गा नेता धनि भाको हजुर
पर्खिरा’छन् इसारालाई दक्षिण हो पश्चिमको
कहाँ गयो स्वाभिमान कस्तो शासन आको हजुर
पहिलेको विशाल नेपाल सुगौली सन्धीले साँगुरियो
यसलाई पनि गिद्धेनजर विस्तारवादले लाको हजुर
बानी प¥यो जे पनि गर्ने आफ्नो कुर्सि टिकाउन
विस्तारवादको पाउ मोली सत्तासिन भाको हजुर
खवरदार गर्नैपर्छ सबै मिलि जनताहरु
देश बचाउन समाऊ अब मसालको राँको हजुर
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३८ – Aug. 14, 2013 – २०७० श्रावण २९ गते, बुधबार)