गीत : डाँडापारी हिउँ परेछ

~अम्बर गुरुङ~

डाँडापारी हिउँ परेछ डाँडावारि पानी
एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी

घाम र पानी लुछाछुडी जिन्दगीको बाटो
दुई झरीको साथ देऊ केलाई गर्छौ फाटो बरिलै
डाँडापारी हिउँ

मनमा मेरो वेदना छ मुखमा मेरो हाँसो
गएपनी राखिदेऊ है मेरो माया नासो बरिलै
डाँडापारी हिउँ

शब्द, सङ्गीत तथा स्वर : अम्बर गुरुङ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.