कविता : शुन्यता

~इश्वर देवकोटा~

अस्तित्व आफ्नै भुलेर हो कि
यो ठुलो भीडमै हराए झैँ लाग्छ
दिल भित्र आफै शुन्यता जाग्छ |

कोलाहल धर्ति
अस्थिर छ आकाश
आंधी कै बिचमा शुन्यता कै आभाष
जीवन एउटा सागर झैँ लाग्छ
सागर माझ शुन्यता नै जाग्छ |

मरुभूमि ठानु
त्यहि फुल्छ सिउड़ी
सपना नै मानु
मेटिन्छ नि बिउझी
एक्लो पो हु कि अत्याश लाग्छ
हजार साथ तर शुन्यता नै जाग्छ |
-2011-11-15

– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.