नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~माधव सिग्देल माइला~

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।

कान्ति छैन शान्ति छैन अभावै छ केवल
नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।

गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल
प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल !!!

This entry was posted in नेपाली प्यारोडी गीत and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.