कविता : नाकाबन्दी

~गोविन्दप्रसाद आचार्य~

निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ?
लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ?
भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ?
गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ?

मधेश देशमा दाह्रा घस्नेका भा“च्नु पर्दछ
सि“गान नाकको मैलो धोएर फाल्नु पर्दछ
के गर्नु देशको नाक कुकुर सुली जमेपछि
के गर्नु देशका नाका रूघा आई बसेपछि

नाका थुन्दै छ डा“काले दशगजामा बसिकन
खाएर परको भात देशभित्र बसिकन
कहिले संसदमा भुक्छन् कैले भुक्छन् विदेशमा
मगन्ते भन कसका हुन् म त देख्छु कलङ्कमा

थुनेर देशका नाका दशगजामा मरिस् किन ?
पिलोको खिल पल्टेर राष्ट्रघात गरिस् किन ?
देशमा बमको वर्षा पारिबाट गरिस् किन ?
थुनेर देशका नाका दशगजामा गरिस् किन ?

स्वतन्त्र डुल्छ मान्छेले नाकाबन्दी गरिस् किन ?
खाएर परको हण्डी दशगजामा मरिस् किन ?
नाका थुन्ने बुढो हात्ती लात्तीले हान्नु पर्दछ
दशगजामा बसे हावा छाडा हुन छान्नु पर्दछ

नाकाबन्दी गरेका छन् कुकुरसुली समानका
लपलपी रक्त चाटेका सोझा सिधा तमामका
पारीको माउते पिट्छ हावाका तनमा बसी
नाकाबन्दी गरे हावा दश गजामा बसी बसी

हावा हुन् रटिनु पर्ने घा“स मिठो मिलेपछि
हरियो मन के पर्ला खोलेमा पल्किएपछि
जताका हुन् उतै जाउन् छाडा हावा म पाल्दिन“
जताका हुन् उतै जाउन सेता हात्ती म पाल्दिन“

दश गजामा बसी नाका थुन्दा लौरो चलाउ“छु
मातेको हात्तीको छावा बञ्चरोले रत्याउ“छु
कुकुरसुली बसेका छन् देश नाका थुनिकन
नकाट देशको भाग छोटो बुट्टि गरिकन

हात्तीको जात हो कैले बहुलाए सताउने
बन्चरो धारिलो पारी हात्ती हो बसमा लिने
हात्तीका सु“डले पानी नदिई खान म दिन्न यो
माउते नचला छाता नाकाबन्दी हु“दैन यो

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ९ – January 27, 2016 – २०७२ माघ १३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.