~लक्ष्मी बिष्ट~
नरोज साथीभाई मलाई, नखोज आफन्तजन
बिन्ति चढाउछु, यो भुनवेश्वरमा नतताऊ मलाई
बगरसरी हँु म, केबल बालुवाको थुप्रो
यो संसारिक प्रलोभनले नछोप मलाई
निस्वार्थ, मनले श्रदा बोकेर निस्केको बेला
महत्वकांक्ष, मोह, अहंकारमा मिसाउन नसोच मलाई
तनभोगिएता पनि मन जोगी भएको बेला
विश्वासको छत अनी धड्कनको गहिराईले नकेलाउ मलाई
धु्रवताराको चम्काईसँगै मनको गाँठोले लपेन्टिएको बेला
नमन छ हे सन्नाटा, नघच्घचाउ मलाई
निमोठिएको वृक्ष ओइलाएझैं अध्याँरो भएको बेला
लहराको लौरो (प्रतिमूर्ति) खडा नगरिदेउ मलाई
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )