गीत : यति सुन्दर प्रीत नलाउ

~अम्बर गुरुङ~

यति सुन्दर प्रीत नलाउ दिल झरेर सुकि रहेछ ।
अब फेरि कसम नखाउ यौवनले थुकि रहेछ ।।

जलन देउ आगो गहुँ आफै जलि खाक हुन्छु ।
तारा थिए आँखाको म आँसु सम्झि झरि दिन्छु ।।

यति कोमल हात नबढाउ थाम्ने हात झरि रहेछ ।
अब फेरि नमुस्कुराउ आँसुलेनै पुगि रहेछ ।।

उडाई दिन आंधिहरु मलाई नछोई मच्ची रहेछ ।
रातै पछि दियो जल्दै जिन्दगी लाई पोलि रहे५ ।।

फुल्न देउ काँडाहरु बाटो भरि हाँसि रह्ेछ ।
फेरि पनि कसम नखाउ कसमलेनै थुकि रहेछ ।।

शब्द / सङ्गीत / स्वर: अम्बर गुरुङ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.