कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल

यी नेताहरुको छाँट राम्रो देखिंदैन !
यसपाली पनि संविधान लेखिंदैन !
पटक पटक संविधान गर्भमै तुईन्छ,
हर्कत इतिहासमा कहिल्यै मेटिंदैन !

नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन !
विश्वासघातले नेताको गला रेटिंदैन !
नेताहरुमा आफ्नै दुनो मात्र सोझाउने,
अत्याधिक तृष्णा कहिल्यै मेटिदैन !

नेतृत्वको स्वभाव कहिल्यै फेरिंदैन !
विकास र निकास कहिल्यै गरिंदैन !
गरिब जनताका दुखका खाडलहरु,
हाम्रो यो देशमा कहिल्यै भरिंदैन !

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.