कविता : मानव

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

ऋतुराज वसन्त बयष्कतामा पदार्पण
उद्बेगमा अबिछीन्न विचरण
कटाक्षीत अपल्वीत बृक्षहरु
बाँझोपनको विरहले
लोलाय झैं सर्माय झैं मुर्झाय झैं
आफ्ना नमुजुरायका लतीकाहरुलाई
एकाकारगरी अङ्गालोमा समेटी
पल्लवीत सुशोभीत अनि सुभाषीत
बृक्षको सन्निकटताबाट जोगाउने असफल प्रयत्न
सुभाषको माधुर्यतामा उन्मत्त सजीवगण
सजीवताको उत्कृष्ठ पगरी गुथेको
कथीत ,
असल सुसभ्य र परिष्कृत
अनि
आधुनिकताको पाखण्ड आवरणमा सजीएको
जो कहिल्यै मबाट हामी बन्ने प्रयत्न गरेन
सदा एकल सदा कुण्ठित सदा दिग्भ्रमीत
पूर्णतामा पनि सदा दरिद्रता
अनि बीदीर्ण बीक्षीप्त
के नपाएको , के हराएको,के नभएको
सदा अतृप्त
पूर्णतामा पनि असन्तुष्ट, अतृप्त
उपेक्षीत अपहेलीत र अमर्यादीत पूर्णताको कसि
फगत
सदा चित्कार सन्काहट लालायीत बसन्तवाग भत्काऊन
ध्वस्त चीरस्थायी बासस्थान बसन्तवाग
समभावले सुभाष छर्कने बसन्तवाग
मित्रत्वमा उत्पन्न बैरभावले
सम्पूर्णताको मृगातृष्णाले ध्वस्त पूर्णता
अनि
यात्रा दुर दराजको
चित्कार सम्पूर्णताको
दुत्कार स्वजनको
आश्वासन सम्पन्नताको
चिन्तन क्षयीकरणको
अन्ततः
पूर्णता बिहीन
सम्पूर्णता बिहीन
बसन्तवाग बिहीन
सदा साकार त्याज्य
निराकार अप्राप्य
फगत घमण्ड पूर्णताको
क्कथीत सभ्य सुसज्जीत
अनि मिथ्यामा सम्मोहीत
मात्र मानव
मात्र मानव

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.