कविता : सपना किन मर्यो ?

~जीवन स्पर्शी~

रातो क्षितिज छुने सपनाहरु
जब मेटिन्छन डस्टरले
पेनका निबहरुले किचिएर
लास बन्छन बाध्यतामा
तिमी सोध्छौ
सपना किन मर्यो ?

आमाको मायाको सागर
जब रित्तिन्छ प्रियसिको चुम्बनले
सम्बन्धहरुको सिक्रीले बाधिएर
हठात झुन्डिन्छन सपनाहरु
तिमी सोध्छौ
सपना किन मर्यो ?

म उपक्रममा छु
ब्युताउन मृत सपनाहरु
फेरि एक पटक रहरहरुले पोतिएर
जिवनको क्यानभासमा
तिमी सोध्छौ
सपना किन मर्यो ?

– जनकपुर

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.