~श्रीकृष्ण श्रेष्ठ~
यो नाता म र मेरो मनको
कथा यो मन अनि धड्कनको
आफ्नो हर सोचमा उनको हस् छ
सोच मेरो, सोचमा उनैको बस् छ
एक अर्कालाई बुझ्ने हामी दुर्इ आहा॥
यो त रह्यो बितेको पलको कुरा
आज अलग छौँ, सायद उनी बनिन् छुरा
आज त हामीबीच बोलिचालि नै बन्द छ
म अफुलाई उनी उनैलाई सही भन्द छ
त्यसैले त हामीबीच कलह भएकोे छ॥
म जसलाई भुलाउन खोज्दै छु
उनैकै वरिपरि ऊ दुलाउन खोज्छ
जसको छायाबाट पनि टाढिन खोज्दै छु
उसैको मायामा ऊ बाँधिन खोज्छ
त्यसैले त ऊ दुखेको घाउ सरह भयो
त्यसैले त उसको र मेरो आज कलह भयो॥
जसको यादमा बाध्य भई रुँदै छु
मन मेरै आशुले उनको गल्ती धुन खोज्छ
नक्कली हाँसोमै म पराई हुँदै छु
ऊ भने टाढिनेलाई नै पल्ती छुन खोज्छ
त्यसैले ऊ ममा तिखो काँडाझैँ रह्यो
त्यसैले त उसको र मेरो आज कलह भयो॥
सम्झाएँ मनलाई उनलाई भुलाउन भनि
महशुस गरेकोे व्यथा पनि सुनाएँ उसलाई
तर बेइमान् रहेछ नि यो मन पनि
ममा बसेर गीत त उनकै गाउँदो रहेछ
मलाई छादि साथ उनकै पाउँदो रहेछ॥
जब मनले मलाई बिदाई दिन खोज्यो
मैले आफ्नै मन उनीमा लुताई दिएँ
उनको यादसँग आफ्नै मनलाई फुताई दिएँ
मन त्यागी मगजमा थोरै शक्ति जुताई दिएँ
अनि यसरी पो ऊ आज मरण सरह भयो
अनि त्यसैले त उसको र मेरो कलह भयो॥
अनि परिणाम यहाँ यस्तो भो
आज न म न मन नै हाँस्न मान्छ
म उसलाई ऊ भने उनलाई चाहन्छ
मन र म सगैं हाँस्न नसक्ने भएछौँ
त्यैसैले न ममा मन न मनमा म रहेँ
दुवैले दुई थरीले छाडि गए, म पो टुहुरो भएँ॥
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )