~कृष्ण कुसुम~
जब जोवन् नजिक भइ बच्पन टाढा भयो
तेंहिदेखि आफ्नै घरको ऑंगन टाढा भयो
बा आमा र आफ्नाहरु सबै छोडी हिंडे
यस्तो लाग्यो जीवन बाटै जीवन टाढा भयो
एक्लो यो मन बुझाउन माया गॉंसेको थें
मेरो चोखो माया साट्ने त्यै मन टाढा भयो
परायाले रंग्याईदियो, उन्को खाली सिउंदो
संगै जिउने हाम्रो बाचा, बन्धन टाढा भयो
पीडा भूल्न प्याला संग यत्ति नजिकिएं
सराब भए पुग्न थाल्यो , सितन टाढा भयो
(हालः अमेरिका)
(स्रोत : नयाँ पत्रिका)