कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~

धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध गराउने गर्थिन। समाजमा भइरहेका गोप्य विषयहरूमा दृष्टि अवगत भएकै कारण उनले आफ्नो समाजलाई राम्ररी चिनेकी थिइन्। धेरै दिनदेखि दृष्टिले समाजलाई राम्रा-नराम्रा वियषयमा ध्यानाकर्षण गराएकै कारण उनको व्यक्तित्वदेखि प्रभावित बन्नु स्वभाविक नै थियो।

ए आज अचानक कसरी आइपुग्नु भयो? फोन-सोन पनि नगरीकन आउनु भयो त?’

सारै व्यास्त होला भनेर केही समय चोर्न आएको नि।’

किन के पर्यो दा त्यस्तो?’

त्यस्तो कुनै आपत्ति त होइन, तर म तिम्रो विचारदेखि धेरै प्रभावित बनेको छु, यसैले आज समय निकालेर भए पनि तिमिलाई भेट्न

आएको नि।’ विशेष तिमीले समाजमा हुँदै गरेका गोप्य विषयहरू साधारण मानिस समक्ष सहजै अनि त्यो पनि उद्धाहरणसहित राख्ने

गरेकी छौं , कहिले काहीँ तिमी त अन्तरयामी नै हौ जस्तो लाग्छ !’ यसैले म आज तिमीलाई भेटेर मेरो मनलाई शान्त गराउने उद्देश्यमा यहाँ आएको नि।’

मैले त्यस्तो के पो गरेको छु र? तपाई ं पनि मलाई सारै नै सर्काउनु हुन्छ। यस्तो लाग्छ तपाईं आफ्नो प्रेमिकालाई कुनै प्रस्ताव राख्नअघि उसको मन खुशी राख्दै हुनुहुन्छ।’

हैन तिमीलाई किन सर्काउनु, तिमीले गरेका कामहरूका बारेमा सर्काउने कुरै आउँदैन। सारा संसारलाई तिमीले गरेका काम थाहा छ।’

यति सानै उमेरमा तिमीले समाजका निम्ति धेरै काम कसरी गर्न सकेको हो, त्यो सोचेर सधैं छक्क पर्छु!

जसरी तिमीले हाम्रो समाजमा नारी र पुरुषको दोहोरो चरित्र बारेमा सर्तक गरायौ’, मादक पदार्थ र नशाको कारोबारमा सरकारी बाहनको प्रयोग गरेर कसरी गरीबको खुन पसिना चुस्ने प्रथाले आश्रय लिदैछ’,  राजनीतिमा षडयन्त्र गरेर गरीबलाई कसरी भ्रममा राखिन्छ’, मध्यम वर्गले अचानक धन कमाएर त्यसको प्रयोग कसरी गर्छनछ’, समाजमा साधु सन्तको ढोङ गर्नेको असली चरित्र’, सबै विषयलाई प्रमाणसहित प्रस्तुत गर्दा सबै दङ्ग परेका छन्। फेरि तिमीले गरेका कामहरू सबै नै समाज र राष्ट्रका हितका निम्ति भएका छन्। म त भन्छु तिमी त सेनाको खुफिया विभागमा काम गर्यौ भने सारै सजिलो हुन्छ।’

हैन म अन्तरयामी हैन, यो सब विज्ञानको खेल मात्र हो दा। विज्ञानसित खेल्दा यस्तो सबै देखिन्दो रहेछ। विज्ञानले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ। वेतार प्रणाली, रेडियो, टेलिभिजन, मोबायल फोन, इन्टरनेट, कमप्यूटर सबै मानिसले आविषकार गरेका हुन्। यी आविषकारले मानिसको जीवनलाई सहज बनाई दिएको छ।एक दिन मैले बाबालाई सोधें, बाबा बी.पी. अङकलले अमेरिकाबाट फोन गर्दा तपाईकै मुबायलमा कसरी फोनको घण्टी बज्छ?’

बाबाले मेरो फोन नम्बरमा फोन गरेपछि मेरैमा लाग्छ अनि कसकोमा लाग्छ त?’ भनेर सोझो उत्तर दिनुभयो।

टेबलको कुनामा राखेको फोनमा अमेरिकाबाट फोन आउँदा, रेडियो टक्क अन गर्दा दिल्लीमा बोलेको कुरा घरमा बसी-बसी सुन्न पाउनु, घरमा बसी -बसी देश विदेशलाई टेलिविजनमा देख्न पाउनु, स्कूल जॉँदा पुलिसलाई बेतार प्रणालीमा बात मारेको देख्छु, यी सबै कुराले मलाई मेरो समाजलाई चिन्न बाध्य गरायो।

कसरी?

मलाई बाबाको ठाडो उत्तरले चित्त बुझेन, दिन रात यो सब कसरी सम्भव छ? भन्ने जिज्ञासाले मलाई सताउन थाल्यो।

एक दिन मैले मेरो भौतिक विज्ञान शिक्षकबाट केही सन्तोषजनक उत्तर पाएँ। एउटा मोबायलबाट फोन गर्दा मुबायलको टावरमा भएको वेब अथवा तरङ्गमार्फत अन्तरीक्षमा भएको उपग्रहसम्म पुग्ने गर्छ अनि अन्तरीक्षबाट सोझै अमेरिका,लण्डन, पाकिस्तान जहाँको फोन नम्बर छ त्यही पुग्दो रहेछ।प्रयोगशालाको अभावमा हाम्रो समाज धेरै पछि छ दा, त्यो रविन सर सारै ज्ञानी हुन्। उनले मलाई साधाराण ढङ्गमा मोबायल टावरको विकिरण, तरङ्ग आदि विषयमा ज्ञान प्रदान गरेकै कारण मैले आफ्नो प्रयोगशाला शुरु गर्ने विचार बनाएको हो।

कस्तो प्रयोगयशाला?

प्रयोगशाला साधारण भए पनि अहिले बुझ्दा समाजको निम्ति धेरै नै उपयोगी हुँदो रहेछ। आउनुहोस न दा, प्रयोगयशाला भित्रै गएर कुरा गर्दा स्पष्ट हुन्छ। यसको स्थापना गर्दा दुइ-तीन लाख खर्च भयो। खास चाहिने कुरा किन्नु पर्यो भने त लाग्छ होला एक दुइ करोड! तर मैले के दुःख गरे भने, गाउॅँभरिका थोत्रे रेडियो, कमप्युटर, टी.भी, मोमायल आदि भेला गरें अनि त्यसलाई एक एक गर्दै खोलेर मलाई चाहिने कुरा जुटाएँ। देश भित्र पाइने केही सामान किन्नुपर्दा खर्च भयो। अँ मुख्यमन्त्री ब्यालिस दिने सिक्किमका गाउँ भ्रमणमा आउँदा प्रयोगशालाको निम्ति केही खर्च दिनु भएको थियो, त्यसले धेरै सहयोग भयो।

अँ कतिवटा सामाग्री त हाम्रो देशमा नपाइँदो रहेछ। विदेशबाट ल्याउनु पर्दा रक्षा मन्त्रालयबाट पो निरापत्ति चाहिन्दो रहेछ।

अब यसको प्रग बारेमा कुरा गरौं।यो कमप्युटरको स्क्रीनमा विभिन्न रङ्गका गनेउला कुदेको देख्नु हुदैछ नी, हो यही तरङ्ग हुन जसलाई हामी साधारण आँखाले देख्न सक्दैनौ। धेरै जसो तरङग मुबायलका हुन्। अन्य तरङगहरू इन्टरनेट, रेडियो, एफएम, वेतार प्रणाली आदिका हुन्। यी सबै तरङ्गलाई छुट्याउनु, सम्भव भए कमप्युटरमा कैद गर्नु, मेरो अनुसन्धानको लक्ष्य हो। बाहिरी वातावरणमा हामी नाङगो आँखैले हेर्दा केही देखिन्दैन। तर विज्ञानको आँखाले हेर्दा विभिन्न रङ्गी-चङ्गी तरङ देखिन्छन्।

तरङगलाई कैद गर्न सकिन्छ त?

तपाईं, टेलीभिजनमा समाचार हेर्नु हुन्छ होला! संसदमा फोन टेपिङको मामिला विषयमा हंगामा भएको देख्नु भाको छ, रेडियोमा सुन्नु भाको छ? तर पनि समाजमा धेरै बाठो छु भन्ने व्याक्तिले आफ्नो गोप्य कुरा गरेको सम्झने गल्ती गर्छ, भन्ने नभन्ने कुरा सबै भनि पठाउँछ। उ केही समयका निम्ति हिरो पनि बन्न सक्छ, तर केही समय पछि उसको खेल सकिन्दै जान्छ, कारण उसलाई थाहै नभइकन अरूमा सत्यको उद्घाटन भइसकेको हुन्छ।यस्ता धेरै उद्दाहरण छन, त्यो पनि म सुनाउने छु। शङ्का लागेको व्यक्तिको नम्बर पाए अझै राम्रो सहजै उसको गतिविधि पत्तो लगाउन सकिन्छ। चाखलाग्दो विषय के छ भने जब आधा संसार सुतिसकेको हुन्छ, तब यी सब नम्बरहरू चालू हुन्छन।

अब एकै क्षण मेरो कमप्युटरमा रेकर्ड भएका तरङहरूका यी कुरा सुन्नु होस ल,

हेलो, सरिता! तिमीले अफिसमा छुट्टी मिलायौ?

मेरो कन्ट्रेकको बिल भयो, तिमी र म सिङ्गापुर घुम्न जानुपर्छ,

अँह, एपलिकेशन चाहिँ बनाएँ, तर एपप्रुभल गराएको छुइन्।

किन ढिलो गरेकी?

छिटो एपप्रुभल गराउ, नभए एलडब्ल्यू पे भए पनि माग।

जान त जानु नि तपाईंकी श्रीमतीले चाल पाइन भने हङ्गामा हुँदैन?

हुँदैन हौ, उसलाई सिल्क साडी, दुइ लाख बराबरको हार बनाइदिएर मक्ख पारेको छु। अनि जैविक उत्पादको अन्तरराष्ट्रिय बजार मिलाउन सिङ्गापुर जाने भनेको छु।

आम्मा….हौ दुइ लाखको हार? अनि म तपाईंसित दुइ रात सिङगापुरमा बिताएको मूल्य चाहिँ कति दिनु हुन्छ नि?

रातको लाख! किन कम्ति भयो? धेरै कमाउने भए दिन बडाउनु! ……..हुन्छ?

त्यो पछि सोचौला, टिकट लिनु भयो?

टिकट भइहाल्छ नि, तिम्रो छुट्टी त मिलाउ पहिला…..।

अब अर्को सुन्नु होस ल,तिम्रो जात हेरेर पो तिम्रो वीर्य किन्ने बिचार गरेको, नत्र प्रयोग शालामा पाइहालिन्छ नि, मेरो कुमारित्वको खोजि

निधि किन गर्छौ, भएन तिमीले रोजेको शहरमा नै गएर कल्पनाको दोस्रो हनिमुन मनाउने सपना सजाई सकेको छु। अझ भन बरू त्यसको मूल्य कति तोक्छौ…। तर याद गर्नु काम सकेर मलाई ब्ल्याकमेल गर्ने प्रयास चाहीँ नगर्नु नि। तिमीलाई किन्ने मेरो आँट भएपछि बेच्ने र ठेगान लगाउन पनि सक्छु।

ल भइगयो तिम्रो इच्छा हो, जे भने पनि मलाई रातारात धनि बनाउने तिम्रो योजना पनि ठीकै होला तर तिमीले जे गदर्ैछौं त्यो समाजले स्वीकार गर्ला त?

समाज ? कुन समाजको कुरा गर्दैछौ तिमी, जुन समाजमा आज लाखौ बलत्कारी, चुनाउ जितेको नेता जस्तो ठाँट सित हिडने गर्छन्, त्यो समाजसित म किन डराउनु ,तिमी आफै कल्पना गर त आज पनि हाम्रो समाजमा एउटासित प्रेम गरेर अर्कोसित विबाह गर्नेहरू धेरै छन्। विबाह गरेर पनि एउटै केटीसित जीवन बिताउने कुरालाई स्वीकार नगर्नेहरू धेरै छन्।तिमीलाई थाह रहेनछ, आजभन्दा धेरै वर्षअघि सायद म जन्मेकै समय होला, सर प्रोफेसर रोबर्ट एडवर्ड्सले परखनली शिशुको प्रयोग सफल हुदा विश्‍वमा नै नैतिक बहस भएको थियो। अहिले परखनली शिशुको सङख्या साठ्ी लाख पुगिसक्यो। मेरो सन्तान हुर्किएर चेतना आउनजेलमा करोड पार गर्ला, त्यसबेला नैतिक बहस गर्नेले जवाफ् पाउनेछन्। वास्तावमा विक सित देशमा भइरहेकै कुरालाई मैले स्वीकार गरेको हो, यसैले म निश्‍चिन्त छु। म यो सब झन्झटमा पर्न चहान्न। आफै पनि कमाउने सशक्त नारी भएकोले नै होला पुरुषको अधिनमा बस्न धेरै गाह्रो लाग्छ। तिमी आफै सोच त स्त्री र पुरुषको मन मिले पनि विचार मिल्न गाह्रो छ। दुवै कमाउने छन् भने त झन जिन्दगीको महाभारत उफ् कुरै नगर। अनि पछि तपाईंको सन्तानले आफ्नोे बाबू खोजे भने नि? मनको डर मात्र हो, आमा-बाबाको याद त अनाथ आश्रममा बस्नेलाई पनि त आउँछ! उनीहरूले कसरी मन बुझाउछन् होला त?

अब अर्को सुन्नु होस ल…!भ्रमको राजनीति नगरे, सधैभरि सत्तामा बस्न कहाँ सकिन्छ,तिमी सधैं मेरो बिरोधमा राजनीति गर्नु । मुद्दा यस्तो होस् जसको सोझो फाइदा हाम्रो पार्टीलाई पुगोस। अनि हाम्रो जुन-जुन कार्यक्रमले बहुसङख्यक जनतालाई फाइदा भइरहेको छ, त्यस्ता विषयको अधिक विरोध गर्नु…।यी त देख्ने र सुन्ने विषय भए…, हाम्रो आँखाले नदेख्ने यस्ता धेरै तरङहरू छन, जसले हाम्रो परिवेशलाई नै दुषित बनाइदिएको छ। तर विज्ञानको आँखा धेरै नै गम्भीर हुँदो रहेछ, यसले चाह्यो भने धेरै देखन सक्छ। वातावरणमा हेर्दा हामी नाङ्गो देख्छौं तर विज्ञानले यहाँ धेरै देख्ने गर्छ। तरङहरू धेरै छन्, राम्रा-नराम्रा।राम्राले त सबैलाई फाइदा नै भै रहेको हुन्छ… तर नराम्रा तरङ्गले समाजलाई सखापै पार्ने होे कि जस्तो छ। दा तपाईंले बिचार गर्नु भएको छ? अदृश्य रूपमा हावामा भएका यी तरङ्गले पर्यावरणलाई पनि धेरै क्षति गर्दो रहेछ। हिजो आज समाचार पत्रमा मोबायलको टावरले उत्तपन्न गरेका विकिरणले मानिसमा क्यान्सर जस्तो घातक रोग लाग्छ भन्ने अध्ययन अनुसन्धानका रिपोर्टहरू छापिएको पढन पाइन्छ। मलाई यस्तो लाग्छ, हाम्रो वातावरणमा भएका विद्धुतिय तरङ्गहरूले जब मानिसको मस्तिष्क पार गर्छ, त्यसले मानिसको स्वभावलाई नै परिवतन गरिदिन्छ। यसले मानिसलाई झनक्क रीस उठ्ने, राति ननिदाउने,मनमा नकारात्मक औ हिंसक विचारहरूलाई आश्रय दिने, गर्दो हो कि जस्तो लाग्छ! जसरी विकिरणले क्यान्सर हुन्छ, मानिस नपुन्सक बन्छ, सोही प्रकार ले तरङ्गहरूले मानिसको मन र विचारलाई पनि प्रभाव पार्छ होला।हाम्रो समाजमा जुन गतिले आत्माहत्याको क्रम बडदैछ, त्यसमा पनि वैज्ञानिक वरदानको विपरित प्रयोगको असर हो कि भन्ने लाग्छ। तपाईंले सुन्नु भाको छ, एमएमएस-एसएमएस र सामाजिक सञ्जाल पनि आत्माहत्याका कारण बनेको? यो पनि आँखाले नदेख्ने कुरा हुन्। अदृश्य रूपमा मोबायलका तरङहरूले असङख्य युवा-युवतिको मन भाँडेको, भइरहेको घर भत्काको, समय खाइदिएको, विद्धार्थीलाई पढन नदिएको कस्ले देख्ने?

हो,मैले विज्ञान पत्रिकामा पढेको छु, विद्धुतिय तरङले पशु-पंक्षी समेतको प्रजनन् शक्तिमा असर पर्छ अरे। घरबाट बाहिर निस्केका मौरीलाई विद्धुतिय तरङको असर परेपछि घर फर्किने बाटो भुलिन्छन अरे। हो नि दा, एउटा घरको सदस्य कामका लागि घर फर्किएन भने परिवारका सदस्यले कति दुःख र पिडा खप्न पर्छ? सन्तानका निम्ति कति तपस्या गर्नु पर्छ। कसले बुजेको छ?

तर दृष्टि यति सब कुरा सुनेपछि कता कता साइभर अपराध र तिम्रो प्रयोगशालाको समान्तर बारे छुट्याउन गाह्रो भइरहेको छ।हो तपाइले ठिक भन्नु भयो । कसैको व्याक्तिगत जीवनमा हस्तक्षेप गर्नु अपराध मात्र ऩभएर पाप नै हो भन्ने लाग्छ मलाई।हाम्रो देश भारतमा सूचना प्रौद्धोगिकी अधिनियम पनि छ। तर यी सब सूचना प्रौध्दोगिकीको गलत प्रयोग गर्ने हरूका निम्ति मात्र हुन्। यहा बुझ्नु पर्ने कुरा के छ भने, मेरो घरको कोठा भित्रबाट,घरको छानाबाट अदृश्य रूपमा तरङहरू कुद्ने गर्छन अनि ति तरङलाई मैले बुझ्न खोज्दा अपराध हुन्छ भने मेरो भन्नु केही छैन्।सूचना प्रौद्योगिकी कै भाषामा भन्नु हो भने सम्झनु होस मेरो काम साइट ह्याक गर्ने हेकर्सको जस्तै छ।

March 14, 2016
Gangtok, Sikkim, India

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.