~केवलबहादुर बुढाथोकी~
दुख्दा मुटु परदेशमा ठाउँको याद फेरि आयो
चाहेर नि नबिसर्ने गाउँको याद फेरि आयो ।।
पाखा अनि पखेराका स–साना ती आलीहरूमा
बालापनमा लड्बडाउँदै गा’को गीत याद आयो ।।
सानो छँदा ताते ताते भन्दै चल्न सिकाउने
बुढा भा’का बाउआमाको आज धेरै याद आयो ।।
कोइलीको धुनसँगै नाच्दै, गाउँदै, रमाउँदै
पढ्न भनी स्कुल जाँदा भागेको दिन याद आयो ।।
(फरिदावाद, भारत)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३१ – July 1, 2015 – २०७२ असार १६ गते, बुधबार)