गजल : ट्याग नगर्नु है ?

~शेखर ‘अस्तित्व’~

हजुर गजल घोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?
नत्र टेन्सन बोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

लाईक गर्ने जस्तो यदि साँच्चै केहि रै’छ भने !
पक्कै लाईक ठोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

छातीमा बसी कसैले घाँटी च्याँपे जस्तै लाग्छ !
कमेन्ट गर्दा खोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

वा,वा,मीठो, छोयो, गज्जब, राम्रो,दामी जेजे भन्नुस्
मैले आफैं तोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

गजल हैन बिन्ती छ यो, अन्यथा न लिनु होला ,
नत्र रस्ता रोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

आफ्नो ‘अस्तित्व’ बिर्सेर हजुरलाई देउता ठानी !
शिर झुकाई ढोगिहाल्छु प्लीज ट्याग नगर्नु है ?

बुटवल–६

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.