~लक्ष्मी बिष्ट~
दुई आँखाका नानी छन्
चाहियो तिमीलाई तरवार किन?
आफ्नै मालिक है फेरि पनि
साहारामा भौतारिने बाहाना कि?
मडारिएको गजत नै काफि छ
घुम्ति तीनमा सफाई फेरि किन?
तिम्रा ति चम्किला पाईला छन्
चौतर्फी उप पछिको हार चाहियो किन?
विचारका भाव गहकिला छन्
संसारी बोझ राखेर हिड्नु किन?
शब्दमा भरिपूर्ण हत्केला छन्
डाँको लहरामा राख्ने गर्छौ किन?
हिमाल सरी त फुलेकै छन्
अन्जान बन्ने चाहाना खोज्छौं सधै किन?
गहभरि मोतीदाना बोकेकै छौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )