समीक्षा : समाजमा बाह्रमासे गीतहरुको सांस्कृतिक प्रयोजन

~सुभाषराम~

नेपालको परम्परागत सांगीतिक क्षेत्र ठूलो छ । त्यसमा पनि नेवारहरुको आफ्नै लामो सांगीतिक इतिहास छ । विभिन्न चाड पर्व, जात्रा, उत्सवमा बजाइने धाः, धिमय्, दापा खिं, नगरा, पश्चिमा, नाय्खिं, क्वंचाखिं जस्ता अवनद्ध वाद्यहरु वा म्वहालि, नेकू, काहा, पोंगा जस्ता शुशीर वाद्यहरु ठाउ“ अनुसार बजाउने बाजाहरु, विभिन्न तालहरु, ग्वराहरु अनि समय अनुसार गाइने विभिन्न लोकगीतहरु, ऋतु गीतहरु, स्तुतिगीतहरु त्यस्तै एकै दिनमा पनि विभिन्न पहरमा गाइने ब्यांचुलि, पद्मजति, विभास, नाथ, कोला जस्ता रागहरु आदिले नेवारहरुको सांगीतिक सम्पन्नताको परिचय दिन्छ । तर निर्विवाद रुपमा नेपालभित्रका कुनै पनि जात वा सम्प्रदायभित्रको संस्कृति समग्रमा नेपाली संस्कृति हुन्छ र यसलाई संरक्षण गर्नु प्रत्येक नेपालीको कर्तव्य हुन आउ“छ । यस्ता अनगिन्ती गीतहरु छन् जुन विशेष समयमा वा पर्वमा मात्र गाइन्छ अरु बेला गाइदैन वा गाउनु हुन्न । त्यस्तै बाजाहरु र तालहरु पनि । यस सम्बन्धी यहा“ केही चर्चा गरिएको छ ।

कुनै पनि भाषा वा जातिमा लोकगीत हुन्छ । लोकगीतको सृजना जनस्तरबाटै हुने हु“दा लोकगीतमा स्थानीय जनताको सुख, दुःख, पीडाको कुरादेखि सांस्कृतिक र सामाजिक जीवनको झल्को हुन्छ । किसान वर्गमा खेतमा काम गर्दै रमाइलोमा नै गीतहरु प्रस्फुटन भइरहेका हुन्छन् । किसानका छोरीबेटीहरु बेलुका धागो बनाउ“दा युवा युवतीहरु बीचको प्रवाह भैरहेका हुन्छन् । यस्तै लोकगीहरुमध्ये थिमिमा गाइने एक लोकगीतको अंश यहां प्रस्तुत छ,

वलंगत सिमुले स्वमुवारया धलन दान्य ।।
थुगु छंद्र रुपन जी हे छीनः तोलते ।।
थो धरमया फल लाहाय जुलसा ।।१।।

फल्चा म्ये ( पाटी गीत ) भनिने यस्ता गीतहरु गाउन विशेष प्रतिभाको जरुरी पर्दैन र पाटीमा बस्दा जोसुकैले पनि गाउन सक्दछ । अन्वेषक छत्रबहादुर कायस्थका अनुसार यो गीत नेपालभाषामा रचित भेटिएका गीतहरुमध्ये सबैभन्दा प्राचीन गीत हो । त्यसकारण यो गीत नेपालभाषा साहित्यको लागि मात्र नभै नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक इतिहासको लागि पनि अत्यन्त महत्वपूर्ण लोकगीत हो । यो गीत थिमिको गौरव हो । यो गीतमा सोमबारको उपासना र पीपलको पूजादेखि शुरु भएर प्रेमका भावनाहरु तरंगित भएका छन् । यो गीत श्री प्रान मोल राजा ( भक्तपुर, ने. सं. ६४३—६७० ) को राज्यकालमा अज्ञात कविले रचेका थिए।
बाह्रमासे गीत जुन समयमा गाए पनि हुने गीत हो। यसरी नै धाः धिमय् जस्ता खरी नभएका बाजाहरु पनि जुन समयमा पनि बजाउन मिल्ने भएकाले यी बाजाहरुलाई बाह्रमासे बाजा भन्न सकिन्छ । नेवारहरुमा सबैभन्दा प्रचलित गुलित फसात बाह्रमासे गीत लं तालमा गाइन्छ ।

गुलित फसात बिय तेना कृष्ण
दरशन बिव जित करुणा तयाव ।।धु।।

यस गीतमा तरुणी युवतीको भावना लुकेको छ । कति फसाद दिन लाग्यौ कृष्ण दर्शन देउ न मलाई करुणा राखी भन्दै कृष्णको स्तुतिमा प्रकृतिको वर्णनस“ग आफूलाई परेका पीडाहरु तुलनात्मक रुपमा वर्णन गरिएको छ । जस्तै,

जेष्ठस चमेली, चस्वान, जिलस्वां
आषाढ सिनाज्या होयाचोन चंपास्वां
गृष्मया तापन सहलपे मफया
याना बिव प्रभु छिन शीतल ननान रे

( भावार्थ, जेठमा चम्पा, चमेली, जुही
असारको रोपाईं फुलिरह्यो चम्पा फूल
गृष्मको सन्ताप सहन म सक्दिन
गरिदेउ न मलाई प्रिय छिटो शीतल )

वैशाख महिना रोग व्याधि फैलिने समय हो । राजा रणबहादुर शाहकी कान्छी महारानी कान्तिमती शीतला रोगबाट मरेपछि देशमा कचि मचा ( का“चो बच्चा ) राख्न नपाउने झ्याली पिटेर घोषणा गरे । यस्तो हुकुम राजाबाट भएपछि खाने चिउरा काखी च्यापेर, एउटा बच्चा पिठ्यूंमा बोकेर, एउटा काखी च्यापेर र अर्कोलाई घिसारेर तामाकोशी पारी लगेको ह्दयस्पर्शी विरहको भावना अभिव्यक्त भएको गीत यस्तो छ,

सितला माजु स्वहुने परजाया थथिन हवाल
न्यनामदु खनामदु कचिमचा तयमदु
महाराजाया हुकूम जुल
छम्ह मचा लुकुंछिसे, छम्ह मचा ब्यकुंच्यासे
छम्ह मचा लुतुलुसे वने

यसै गीतमा यो बालक रहे जोडी परेवा उडाउ“छु, सुनचा“दीको कन्दफूल चढाउ“छु, भनी शीतलामाईलाई बिन्ती चढाए तापनि चिसो लागेर बालक मरेमछि आमाबाबु छाती पिटिपिटी रोएको र मरेको लाश जलाउन र खाल्डोमा पुर्न नपाएपछि तामाकोशीमा खसाल्नु परेको वेदना पनि प्रस्तुत गरिएको छ । अतः शीतलामाई दुःख नदेउ सहस्र बिन्ती तपाईंलाई, लोकको कल्याण गर भनी अनुरोध गरिएको छ ।

मते मते सितला माजु सहश्र विनति छिके याहुने लोक उधार

वैशाखमा फैलिने रोग व्याधि शान्त पार्न यो गीत वैशाखमा गाउने गरिन्छ।

ज्येष्ठ महिना धानको बेर्नाको लागि बिऊ छर्ने समय हो । यो समयमा गाउने गीतलाई पुवारी म्ये भनिन्छ । जस्तै,

सिरसाया हेकू, जिमि दाइचां ब्यूगु
व हेकू कासांनिसें मन थातय् लात
उल्सानिसें मन फर्के जुल

आपm्नो दाजुले बिग्रेको तान सबै हा“सिहा“सी बनाइदिएको र त्यसमा बुनेको लुगा लगाएर आफ्ना दाजु मामाघर गएकोले बहिनी हर्षले गद्गद् हुन्छिन्।

वहे लनं फिना दाइचा
पाजु पिन्थाय् वन का
उल्सांनिसें मन फर्के जुल

यस गीतका संकलक रामकृष्ण दुवाल हुन ।

असार महिना रोपाईंको महिना हो। खेतमा काम गर्ने युवा युवतीहरु प्रेममय वातावरणमा यस बखत सिन्हाज्या म्ये संगै काममा हराइरहेका हुन्छन् । गृष्म ऋतुको प्रचण्ड गर्मी पछिको वर्षा ऋतुको शीतल वातावरण नै पनि प्रेममय भएकोले अधिकांश गीतहरु माया प्रेमका नै छन् । सिन्हाज्या गीतमा युवा युवतीका मनका अभिव्यक्तिहरु अभिव्यक्त भएका हुन्छन् । जस्तै,

छि व जि व जुल धका ननिकतकन सिल
शरमन पिलुय मछाला न्हां
अर्को लोकप्रिय सिन्हाज्या म्ये यस प्रकार छ,
जि वया ला लछि मदुनि छि काय स“ं झाये धाल
थुगु छवार लिगनाव दिसं न्हां
जि काय पुता जा लिगने मखु भलिचा
जि कायया लजगाल मदु न्हां,,

बिहे भएको एक महिनै नहु“दै आफ्ना पति ल्हासा जाने कुराले पत्नी पीडित हुन्छिन् र एक पटक रोक्नको निम्ति आफ्नो सासूलाई पनि बिन्तीभाउ गर्छिन् तर परिस्थितिको अगाडि घुंडा टेक्नुपर्ने हुन्छ । एक दुई वर्षपछि फर्की आउने बाचा गर्दै दाहिने हातले सगुन थापेर देब्रे हातले आ“सु पुछ्दै पति ल्हासा पुग्छन् । ल्हासामा आफ्नो पति मरेको खबर सुनेर पत्नी सती जान्छिन् । तर तीन वर्षपछि फर्केका उनका पतिले आफनो आमाको मुखबाट यो खबर सुनेपछि पत्नी वियोगले पोल्न थाल्दछ उसलाई । पति परदेश जाने मूल विषयलाई लिएर बनेको अर्को गीत यस प्रकार छ —

झाल प्राण परदेशय् स्वला दुम्ह मचा वाना
व मचाया ख्वाल खने मन हारे चाइ
जुजु राम हाई हाई रतन

यो गीत भने हिउ“ देखिने पुस महिनामा गाइने गीत हो। महाकवि देवकोटाको आफूलाई सबैभन्दा मनपर्ने ग्रन्थ मुनामदन को कथा पनि यही गीतहरुस“ग मिल्दो छ । महाकवि देवकोटाको मुनामदनको प्रेरणा नेवार भाषामा अति प्रचलित लोक गीत झाल प्राण परदेश ( मेरा प्रिय परदेश गए ) नै हो र यस कुराको स्वीकारोक्ति स्व. लक्ष्मीप्रसाद देवकोटाले भारतको बनारसमा सम्पन्न एक साहित्य सम्मेलनमा गरेका पनि थिए रे। ( हेर्नुहोस् नकलका संस्कृति कि संस्कृतिको नकल — विजय, रोशनी मासिक वर्ष ४, अंक ४ )

गथांमुगः (गठेमंगल) सम्ममा धान रोपाईंको व्यस्तताले केही गर्न नभ्याएका किसानहरुको चाडबाडको बाढी यही दिनदेखि शुरु हुन्छ । गठेमंगलको दिनमा घरका सबै परिवारहरु नुहाइ धुवाइ गर्छन् । यही दिनदेखि सिन्हाज्या गीत गाउन पनि बन्द हुन्छ । भलभल अष्टमी (असार कृष्ण अष्टमी) को दिनदेखि खरी भएका बाजाहरु जस्तै, दापा खिं, पश्चिमा, क्वंचाखिं आदि बजाउन नहुने मान्यता अहिलेसम्म पनि विद्यमान नैं छ र गठेमंगलकै दिनदेृखि खरी भएका बाजाहरु पनि बजाउन शुरु हुन्छ ।

गठेमंगलदेखि इन्द्रजात्रासम्म तुकाज्या म्ये गाउने प्रचलन छ ।

तुकाज्या म्ये,
निम्ह तिपू तुका वना
वल्ल बान्हि जाल
बजि नयेनु मिसा धया
जिं छु नके धाल
कःनि छुयाः नयेनु धयां
छुसि मदु धाल

गुंला (नेपाल संवतको एक महिना) लाई बौद्ध पवित्र महिनाको रुपमा लिन सकिन्छ । एक वर्षलाई चार युगमा बा“ड्दा यो महिना कलियुगभित्र पर्छ । यस समयमा वर्षा हुने, रोग व्याधि आइपर्ने र अन्न नभै अनिकाल पर्ने हु“दा यो महिना भर धर्मकर्ममा लाग्नुपर्ने धारणा जनमानसमा रहेको छ । यो महिना (श्रावण शुक्ल प्रतिपदादेखि एक महिना) बिहान बिहान गुंला बाजाको साथ उपत्यका र बाहिरसमेत वही, बहाल चैत्य तथा विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने र दर्शन गर्ने गरिन्छ । यसरी बही, बहाल चैत्य तथा आदि परिक्रमा गर्दा विशेषतः भगवान् बुद्धका भक्ति गीतहरुको लय्मा बाजाहरु बजाउने गर्दछन्। (गुंलामा अरु बाजाहरु पनि बजाउने भए पनि धाः र नाय्खिं लाई गुंला बाजाको नाममा संबोधन गर्ने गरिन्छ ।) ती गीतहरु मध्ये केही लोकप्रिय गीतहरु निम्न हुन् ।

गुरुजु जय नमो श्री बुद्ध भगवान
लुम्बिनी वनस विज्याक ।।धु।। ( ताल, जति)

कच्छपाल परवत चोस वसलपा दिल वस
अभिताभ शिर तसे ध्यान ।।
( ताल, लं )

सुधव राजकुमारया म्ये
( ताल, प्रताल ) इत्यादि

यो समयमा गाउने ऋतु गीत सिलु म्ये हो । काठमाडौंको उत्तरमा रहेको सिलु (गोसाईंकुण्ड)मा पति पत्नीसंगै जान नहुने धारणा अहिले पनि छ। सिलु गीतमा यो कुरा अभिव्यक्त छ।

सिलु म्ये को एक अंश —

छ व जि व वनेयात जोसी केने मानि,
जोतिस् केना स्वया जिन बाय माली धाल।
जोतिस् केने छाय प्रभु छि व जि व वने
छि व जि व मोल ल्हुय अति पुण्य लाइ ।

तिमी र म जानलाई जोशी देखाउनु पर्छ । ज्योतिष देखाइसकें मैले बिछोड हुन्छ भन्छ । ज्योतिष किन देखाउने स्वामी तपाईं र म जाऔं । तपाईं र म नुहाऔं अति पुण्य लाग्छ ।

काय अष्टमी (भाद्र शुक्ल अष्टमी) को दिनदेखि नै मालश्री गाउन शुरु हुन्छ । यसले दशैं आएको संकेत गर्दछ । चतुर्मास चार महिना स्तोत्र पढ्ने बेलामा काय अष्टमी (भाद्र शुक्ल अष्टमी) देखि कतिं पुन्ही (असोज शुक्ल पूर्णिमा) सम्म मालश्री लय्मा स्तोत्र पढिन्छ। यो समयमा मालश्री धुनले वातावरण नै हर्षोल्लासपूर्ण बनाइरहेको हुन्छ । कालिका महाकालीको गुणगान भएको प्रचलित मालश्री गीतको एक अंश यहां प्रस्तुत छ,

कालिका जय, ईश्वरी जय
कालिका जय, महाकाली जय
हांदे भुत, बेताल गन
जोगीनी दक्व अन
आनन्द जुल परमेश्वरी जय ।।धु।।

कात्तिक महिनाभर भगवान् नारायणको पूजा अर्चना हुन्छ । उपत्यकाका चार नारायण इचंगु, सक्वचंगु, विषंखु, शेष नारायणको विशेृष उपासना यो समयमा हुन्छ । यो समयमा गाइने राग भने धनाश्री हो । यही धनाश्री लय्मा सबैभन्दा प्रचलित गीतको एकअंश यस प्रकार छ,
हे नारायणजु
गुंयासिस रसन बिज्याक ।। धु ।।
न्हिन्हिछिया स्वता उन
अतिन सुन्दर ख्वाल,
जचन चकर जोसे
खवन शंख पुसे
यहा“ नारायणलाइ गुंया सिस रसन बिज्याक भनिएको छ । यसको अर्थ नारायणजी पर्वतछेउ विराजमान भनिएको हो । उपत्यकाका चारै नारायणलाई यस वाक्यले समेटेको छ । यस गीतको रचना राजा भास्कर मल्ल ( ने. सं. ८२१, ८४२ ) को पालामा भएको हो।
मालश्री र धनाश्री गीतहरुमा भगवती र नारायणको शक्ति आराधना र यस समयको संस्कृति परिवेशको जीवन्तता पाइन्छ।
मंगसिर (हेमन्त) मा विभास रागमा गाइने करुण रसको एक गीतमा हाय हाय बालक अब मकहा“ खोज्न जाऊ“ भन्दै बनमा फलफूल टिपेको ठाउ“मा पन्छीहरु रोइरोइ कराएको आवाजले आफ्नो मन दुखेको र बालक खोज्न गएको भावना अभिव्यक्त छ । यो गीतमा बालकको बिछोडमा हिजोको दिन सम्झी महाराज विश्वन्तरकी महारानीको मन रोएको दृश्य प्रस्तुत गरिएको छ । महाराज विश्वन्तरले आफ्ना सन्तानहरु दान गरेपछिका दृश्य यसमा प्रस्तुत भएको छ ।
हायहाय बालक गन वना स्वल वने आव ।। धु ।।
बंको वनस स्वान फल खानाव च्वना थास
झंगः पंछि ख्वसे ख्वसे हाल,
नुगल मछिंसे वल रे
बालक मचातनि स्वल वने ।।
मंसीर महिनामा धान घर भित्रयाएपछि यःमरि पुन्हि (धान्य पूर्णिमा) का दिन घर घरमा चामलको पिठोको यःमरि बनाएर खाने चलन छ र यही दिन बेलुकीपख केटाकेटीहरु समूह मिली घरघरमा यःमरि माग्न जाने चलन छ । यसरी यःमरि माग्न जा“दा गाउने गीतको नमूना तल दिइएको छ ।
त्यःछिं त्यः बक्छिं त्यः
लातापाता कुलेचां जुसें त्यः
ब्यूसा ल्यासे, मब्यूसा बुरी
मिलापुन्ही (पौष शुक्ल पूर्णिमा) देखि होलीसम्म गाइने वसन्तका गीतहरुमा भने विषयको व्यापकता पाइन्छ । वसन्त गीतहरु वातावरणीय झल्का दिने, श्रृंगार रस र हा“स्य रसका गीतहरु अनि दैवी उपासनाका गीतहरु पनि छन् । जस्तै,
श्याम सुन्दर वसन्त बेलस
राधा व म्हितल वनाव
वृन्दा वनस बाजन थानाव रे
कथ तल, तसाल, मृदंग, धोलक, दापाखिन
नगरा, जन्तर, तमरा, दारादारा खन्दनी
राधा व …….
( यो गीतको अन्तरमा विभिन्न बाजाहरुको वर्णन छ। )
हानं छक्वः हाः वा रे झंगःचा
जिन न्यनावं चोने ।। धु ।।
वाउ“गु सिमा चोस ह्याउ“म्ह झंगःचा
बा“सुरी पुया थें हाल रे ।।
हरियो रुखमा रातो पन्छी बा“सुरी बजाएको जस्तै करायो भनी वसन्तको प्रकृति वर्णन यो गीतमा छ ।
यस्तै फागुणको होलीको समयमा गाइने होली गीतहरुमा भने ख्याल ठटाले भरिएका गीतहरु नै धेरै दैखिन्छन् । जस्तै,
होलीया मेला तंचाया ला ल्यासे
अबीरं छंगु ख्वाः हिसि दयेका बी

द्यां दंक बजि तये, ह्“य्खेंय् निगः कालाः तये
जिचा भाजु वइ बले खापां काका छ्वये

गोपी मुङाव वन वङाव
कान्हु व नाप फागु म्हिताव
इत्यादि ।
चैत महिनामा पाहांचःह्रे (पिशाच चतुर्दशी) र बिस्केट जात्रा वरपर गाइने घातु गीतहरुमा भने नैराश्य, विरक्त भावना मात्रै भेटिन्छन् ।
थथिंजाःगु रसरंग तोलताव हरि जि गन वने ।। धु ।।
मचा बेलस रस जिन मसियाव
चान्हंन्हिनं म्हितल जि जुया ।।१।।
बइस जि जासे वल सह याय मफया
पासा छम्ह मदयाव दुःख ।।२।।
केही थाहा नभएको बालिकालाई सानैमा विवाह गरिदिएपछि बाल्यकालमा विवाह भएको पुरुषसंग जीवन बिताउन पाउ“छु भनी खेल्दाखेल्दै तरुणी भएको र आफूलाई बाल्य अवस्थामा विवाह गरिदिएका पुरुषले अर्कै केटी विवाह गरेकोले आफू अलपत्रमा परेको र रातदिन उही पुरुष सम्झी रुंदै बस्नु परेको र जोगिनी हुनु परेको ह्दयविदारक कथा यो गीतमा छ ।
करमस चोसे हल जोगिनी जुय माल
चाया चच्छि न्हिया न्हिच्छि सपनास केनेहल
चाया चच्छि खोयाव चोना जि
यो गीत पृथ्वीवीर विक्रम शाहको पालामा लेखिएको गीत हो।

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.