कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो ।

हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ?

पल्लो घरका तिम्रो काकाको आर्थिक अवस्था कस्तो थियो । तिम्रो भाइ विदेश नजाउञ्जेल ।

उनीहरूको हिजो र आजको अवस्थामा कति परिवर्तन आएको छ ।

त्यो परिवर्तनको एकमात्र कारण काकाको छोरा विदेश गएर हो ।

त्यसैले म भन्छु कान खोलेर सुन, तिमीले आफ्नो छोरा छोरी र श्रीमतीलाई खुसी र सुखी देख्न चाहन्छौ र हामी सबैकाृे भविष्य राम्रो देख्न चाहन्छौ भने तिमी विदेश जानै पर्छ ।

यो बाहेक म अरू केही कुरा सुन्न चाहन्न ।

ल ल मलाई पुराण सुनाइरहन पर्दैन । घरमा बुढी आमा हुनुहुन्छ । छोराछोरी सानै छन् । यस्तो अवस्थामा तँलाई एक्लै छोडेर म कहीँ पनि जान्न ।

मलाई विदेश जान मन छैन । खेत बारी छँदै छ । त्यसलाई खनजोत गर्छु । त्यसैको आयबाट हाम्रो गुजारा चलाउँछु । हामी सबै जना सँगै बस्छौ । एउटै कसौडीमा पकाएको खान्छौ । हाम्रै काखमा छोरा छोरी बस्छन् पढ्छन् । यति भए पछि के चाहियो तँलाई ।

के रे के रे के भने को , विदेश जान्न रे ।

तिमीले घर छोरा छोरी आमाको चिन्ता लिनै पर्दैन , सबै म सम्हाल्छु । मलाई विदेश गएर रुपियाँ पठाइदिए हुन्छ ।

तिमीले पठाएको पैसाले म घरमा सबै व्यवस्था मिलाउन सक्छु ।

चिन्ता लिनु पर्दैन घरको ।

तिम्रो कान्छो बा ले व्यवस्था गरेका हुन् र ? देवर बाबुले पैसा पठाएर देवरानीले घरमा व्यवस्था मिलाएर उनीहरूको आर्थिक अवस्था र रहनहन फेरिएका हो ।

विदेश जाने मन नहुँदानहुँदै परिवारको रुपियाँ कमाउने भोकले पास पोर्ट बन्यो , घरमा सञ्चित गरेको पैसा मानव आपुतिकर्ताई बुझाईयो ।पासपोर्ट जिम्मा दिइयो । प्रबेशआज्ञा अनुमतिपत्र कुरेर परिवार बस्यो । कहिले भिसा लाग्ला भनेर ।

सम्पन्नताको सपना बोकेर ।कागज कहिले आउला भन्दै दिनदिनै दलालकहाँ धायो । मानौँ अदालतको तारेख नै लागेको हो कि भने जस्तो ।

अब खेती बस्तुभाउ सम्पूर्ण विदेश भयो । र भिसाको कागजात लिनको लागि दलालकोमा धाउने काम भयो ।आज आउला भोलि आउला ,पर्सि आउला , दिन हप्ता महिना र वर्ष समेत बित्न लाग्यो भिसा हात पर्दैन । पैसा र पासपोर्ट पनि फिर्ता दिँदैन । अन्तमा कुरा मिले छ दलालको सबै सँग ।

भिसा लागेको मौखिक जानकारी पायो । हवाईजहाजको टिकट सहित । भिसा लगाउन समय लागेको कारण थप शुल्क बुझाएर भोलि नै उड्नु पर्ने आदेश र भोलि जान नसके उसको नाउमा आएको भिसा अर्कैलाई दिने घुर्की सहित ।

पैसा कमाउने घरमा व्यवस्था मिलाउने आफ्नो जीवनलाई सम्पन्न बनाउने सवार भएको भूतले अन्ततःआदेशको पालना गर्‍यो पेनपावरको । थप पैसा बुझायो । घरमा बिदा भयो । गलामा माला लगाइयो । खादा ओढाइयो । सम्पन्नताको सपनालाई बिपनामा परिणत गर्न एयरपोर्ट तिर लाग्यो ।

घरका परिवारहरूको अनुहार पूर्ण चन्द्रमा जस्तो झलझल्ल उज्यालो सबै जना खुसी , निन्याउरो मुख त केवल चार बिस कटेकी ती बुढी आमाको ।

चेक जाँच भयो, प्रतीक्षा कक्षमा प्रवेश गराइयो हवाई जहाज चढ्नकालागि । विदेश जान पैसा कमाउनका लागि ।

हवाई जहाज आयो ,हवाईजहाजमा चढ्नको लागि घोषणा भयो लाइन लगाइयो , एजेन्टका प्रतिनिधि आएर बोर्डिङ पास हातमा राखिदियो । आँखाले ईशारा ग¥यो , अर्कैलाई अनि उसलाई भन्यो पासपोर्टलगायत कागजातहरू एअरपोर्टमा ओर्लीएपछि हाम्रा प्रतिनिधिले काम गर्ने कम्पनीमा लगेर तपाईँलाई छोड्दा दिने छन् । अहिले यही कागज भए हुन्छ ल जानुस् ।

जहाजमा चढाइयो जहाज उड्यो ।

केही घण्टा पछि जहाज अवतरण गर्ने घोषणा एअर होस्टेस्ले गरिन् । पहिलो पटक विदेश हिँडेको मनमा कौतूहल हुनु स्वाभाविक थियो । जहाज अवतरण गर्‍यो खाडीको मुलुक अञ्जान ठाउँ ।

भरोसा दिलाएको थियो आफ्नो मानिस एअरपोर्टमा लिन आऊँछ भनेर , दलालले ।

केही ढुक्क भयो जहाजबाट ओर्लियो अरू जस्तै गरी ।

कता जाने सोच्यो । जहाजबाट ओर्लेका अरू यात्रुहरू जताजान्छन् उतै जाने सोच्यो । अनि हिँड्यो ।

चेकज“ँचको ठाउँ सबैले आआफ्ना कागजात देखाऊँदै बाहिर निस्के ।

उ त्यही उभिई रह्यो । न कागजात न पासपोर्ट । न त उसलाई लिन आउने भनेको मानिस लिन आए ।

घरमा विदेशबाट पैसा आउला भन्ने आसमा प्रतीक्षारत थिए । दिन बित्यो महिना बित्यो र वर्ष समेत बित्दै गए । तर न घरमा पैसा आयो न त खबर नै आयो । मानिस बेपत्ता ।

न त घरमा सञ्चित पैसा नै रह्यो । न त आफ्ना जीवनाधारको अत्तो पत्तो नै भयो । भयो त केवल बिक्षिप्त मनमस्तिष्क निरस जीवन र पिडावोध ।

घरमा पारिवारिक बोझ थपियो । जिम्मेवारी बढ्यो । पश्चात्तापले कुटुकुटु मुटु खान थाल्यो ।

गाईंगुईं हल्ला चल्यो मानवतष्करको हातमा उ पर्‍यो । न त कान्छा ससुराको जस्तो आर्थिक अवस्था फेरिन सक्यो । न त आफ्ना साथमा छोरो पति बाबु नै रह्यो । केवल मृगतृष्णा र पश्चात्ताप मात्र रह्यो । केवल मृगतृष्णा र पश्चात्ताप मात्र रह्यो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.