~कल्पना पौडेल~
उठौं सबै सर्वहारा जाग्नुपर्छ अब
सामन्तीको विरूद्धमा लाग्नुपर्छ अब
सबै जातिलाई एउटै मालामा गाँस्दै
एकतामा देश हाम्रो हाक्नुपर्छ अब
भ्रष्टचारको जरो उखेली फेदैदेखि
ती अत्याचारका सीमा नाघ्नु पर्छ अब
हातमा हात बाँधी राखी मिल्दैन हक
खोसिएका अधिकार माग्नुपर्छ अब
कुरिती र विसंगती हटाएर हाम्ले
शिखर छुने लक्ष्य त्यो ताक्नुपर्छ अब
गैडाकोट–४, नवलपरासी, (हालः इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २८ – May 29, 2013 – २०७० जेष्ठ १५ गते, बुधबार)