~विक्रम पवन परियार~
जिन्दगी बनाउन बाअामाकाे कला चाहिन्छ
पुजारी भन्दैन मान्छे ईश्वर हाे अास्था चाहिन्छ
बिहे गरेपछि नै श्रीमतीकाे याेजना बन्छ
निदाउनै नदिई भन्छिन् मलाई बच्चा चाहिन्छ
तिमीले कुन पाठशलाबाट शिक्षा लिएकाे हाे
म अन्धाे छु भन्छ्याै सुन्दर देख्न अाँखा चाहिन्छ
जब तिमीलाई बर्षातले भिजाएकाे देखेँ
पटक्कै लागेन सुन्दर देखिन चुरा चाहिन्छ
म त पागल हुँ र पनि पागलजस्ताे लाग्दैन
कसले भन्याे प्रेमीका बिर्सन मदिरा चाहिन्छ
बाअामाहरू बृद्धाअाश्राममा अाँशु बगाउछन्
र भन्छन् घर उभिन थामकाे भराेसा चाहिन्छ
कस्ताे अचम्म छ प्रेम पनि पासाे बनी दिन्छ
लाग्छ कि बाँच्नकाे लागि त सम्झाैता चाहिन्छ
****
– भक्तपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)