बाल कथा : सिंगो लड्डु

~विनय कसजू~

छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दर्ुइ टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् ।

खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै लड्डु देखेर कान्छा भुइँमा पल्टेर लडिबुडी खेल्दै सिँगै लड्डु खान्छु भन्दै रुन थाल्यो ।

आधा लड्डु लिएर आमा भान्छामा गइन् र हत्केलाले आधा लड्डुलाई थिच्दै गोलगोल घुमाउँदै सिंगो लड्डु बनाइन् । अनि प्लेटमा लड्डु राखेर कान्छालाई दिइन् ।

सिंगो लड्डु पाएर कान्छा खुशी भयो ।

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.