निमग्ना घिमिरेका तीन मुक्तकहरु

~निमग्ना घिमिरे~

जब दुई नजरमा नजर मिलायाै तिमीले ।
मायाकाे मिठाे अनुभूति दिलायाै तिमीले ।।
एक्लाे यात्री थिएँ म जीवनमा हिजाेसम्म
विहानै पिरतीकाे नसा पिलायाै तिमीले ।।

माया दिए जस्ताे गर्याै, प्यास पाे जगायाै त ।
बाटाे नै कुरी बस्नु पर्ने गरी आश पाे लगायाै त ।।
साेध्दै नसाेधी सुटुक्क आई अधिकार नै जमायौ
मेराे मन मन्दिरलाई निजी निवास पाे बनायाै त ।।

माेहनी नै लगायाै कि तिमी मात्रै याद आउँछाै ।
तन्त्र-मन्त्रै गरायाै कि तिमी मात्रै याद आउँछाै ।।
तिमीविना याे संसार नै शून्य लाग्न थालेकाे छ,
माया-प्रेमै जगायाै कि तिमी मात्रै याद आउँछाै

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.