ईतिहास : वि.सं. १८६५ को महाभूकम्प

~डा. महेशराज पन्त~

नेपालमा गएका महाभूकम्पमध्ये सबभन्दा बढी प्रसिद्ध वि.सं. १९९० माघ २ गतेको हो भनी भनिरहनु नपर्ला । अहिले भरखरैजसो, यही बैशाख १२ गते गएको महाभूकम्पचाहिँ वि.सं. १९९० को जत्रो ठूलो नभए पनि त्यसभन्दा अलिकति मात्र कमको हो । यस्तै महाभूकम्प वि.सं. १८९० भदौ १२ गते गएको थियो भत्रे कुरा पनि प्रसिद्धै छ । यसैले बुज्रुगहरू सय वर्ष वा सय वर्षको आसपासमा मात्र नेपालमा ठूलो भैँचालो जान्छ भत्रे लेख्ने गर्छन् । यसको दृष्टान्तको रूपमा प्राचीन रिक्थसंबन्धी अर्थात् चलनचल्तीको भाषामा संपदासंबन्धी वास्तुवित् कहलाएका केइ वइजको यही वैशाख १९ गते छापिएको लेख अघि सार्न सकिन्छ (दि अर्थ्क्वेक् डिड् स्ट्राइक् †, द हिमालयन् टाइम्ज्, १४ ठेली, १६१ अङ्क, १४ पृ.) । वि.सं. १८९०, १९९० र २०७२ मा महाभूकम्प गएकाले बुज्रुगहरूले भत्रे गरेको कुरा झ्वाट्ट हेर्दा साँचो जस्तो लाग्छ ।

वि.सं. १८६५ जेठ २४ गते गएको भैँचालोको विषयमा वि.सं. २०५५ मा मेरो लेख छापियो (वि.सं. १८६५ मा गएको भैँचालोको विषयमा, पूर्णिमा ९५ पूर्णाङ्क, संशोधन–मण्डल ५१–५३ पृ.) । पछि फेरि वि.सं. २०५६–५७ मा नेपालमा वि.सं. १२८० देखि गएका केही भैँचालाका विषयमा लेख्दा वि.सं. १८६५ को त्यस भैँचालोको विषयमा पनि मैले बढी खोजी गरेँ । त्यसबाट त्यो भैँचालो सामान्य नभई महाभूकम्प रहेछ भत्रे सिद्ध हुन आयो (अ स्टेप् टुवडर््ज् अ हिस्टर्इक्ल् साइज्मिसिटि अप्m नेपाल्, आदर्श— अ सप्लिमेन्ट् टु पूर्णिमा, द जर्नल् अप्m द संशोधन–मण्डल, २ सङ्ख्या, ई.सं. २००२, पन्डिट पब्लिवmेशन्ज, ४७–५४ पृ.) ।

वसन्त जैसी अर्थात् कवि वसन्त शर्माले वि.सं. १८६५ जेठ २४ गतेको भैँचालोको बयान गरी लगत्तैजसो त्यही साल असार १७ गते लेखेको सवाई वि.सं. २०६१ मा दिनेशराज पन्तले छपाए (धादिङमा फेला परेका नेपाली कविता, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, ३३–३७ पृ.) । यो भैँचालो गएदेखि कलियुग लाग्यो भनी कलियुग लाग्दा यस्तो यस्तो हुन्छ भत्रे कुरा पनि हालीे त्यस सवाईलाई वसन्त शर्माले‘कलिजुग लागेको सवाई’ भत्रे नाउँ राखेकाछन् । उनको यस बयानबाट पनि त्यो भैँचालो सामान्य नभई महाभूकम्प नै रहेछ भत्रे देखिन्छ ।

वि.सं. १८२५ मा काठमाडौं जितिएदेखि वि.सं. १८९३ मा भीमसेन थापाको हातबाट पजनीको अधिकार झिकी श्री ५ राजेन्द्रले आफ्नो हातमा लिएको कुरासम्म परेको तिथ्यावली वि.सं. २०६५ मा दिनेशराज पन्तद्वारा प्रकाशमा आयो । त्यहाँ पनि त्यस भैँचालोको विषयमा लेखिएको रहेछ (विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान, डा. ठाकुरनाथपन्तस्मृतिगुठी, १८ पृ.) ।

आजभोलि नेपालमा अन्वेषणको माहात्म्य जतिसुकै गाइए पनि अन्वेषणात्मक कृति पढ्नमा बुद्धिजीवी भनाउँदाहरू पनि त्यति उत्सुक देखिँदैनन् । भरखरै माथि चर्चा गरिएका, मेरा लेख छापिएपछि प्रकाशित पत्रपत्रिकाहरूमा पहिले पहिले गएका भैँचालाको चर्चा गर्दा वि.सं. १८६५ को भैँचालो समाविष्ट नभई गल्ती नै दोहरिरहेको देखियो । यसैले भैँचाला गएका मितिमा परेका गल्ती सच्याई १२ वर्षभन्दा अगाडि मैले एउटा लेख प्रकाश गरेँ (नेपालमा कहिले कहिले भैँचालो गयो भत्रे विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि देख्दा, पूर्णिमा १११ पूर्णाङ्क, २०६०, १–७ पृ.) । तर यसपालाको भैँचालोपछि पनि यस्तै खालको गल्ती पत्रिकाहरूमा छापिई नै रहेको देखियो ।

वि.सं. १८९० को महाभूकम्प जानुभन्दा झण्डै सवा २५ वर्षअगाडि पनि वि.सं. १८६५ मा एउटा ठूलो भैँचालो गएको कुरा प्रकाशमा आएकोले हरेक शताब्दी वा त्यसको आसपास मात्र महाभूकम्प जाने गरेको छ भत्रे कुरा साँचो नभएको देखिन्छ । वि.सं. १८६५ जेठ २४ गते गएको भैँचालोको विषयमा यिनै प्रमाणको आधारमा अब केही लेख्ने कोशिश गरिन्छ ।

वि.सं. १८६५ को, हाल लक्ष्मीपति–नयराजसंग्रहमा रहेको पात्रोमा यो भैँचालो गएको कुरा यसरी टिपिएको छ—

‘शालिवाहनशाके १७३० विव्रmमार्कसंवत् १८६५ नेपाली संवत् ९२८ ज्येष्ठशुक्ले ज्येष्ठ १० गते शनिवार दशमी ७।४८ हस्तनक्षत्र १२।१२ व्यतीपातयोग १५।१६। २४।१५ भूकंपः’

पूर्णानन्दले वाग्दल थापाको लागि शाके १७३२ तदनुसार वि.सं. १८६७ मा सारिसिद्ध्याएको, भर्तृहरिको श्रृङ्गारशतकसँगै राखिएको एउटा छुट्टै पातोमा ने.सं. ९२८ तदनुसार वि.सं. १८६५ को दशहराको दिन शनिवार ठूलो भैँचालो गएको कुरा संस्कृत पद्यमा र नेपाली गद्यमा लेखिएको छ । त्यस संस्कृत पद्यको उल्था यस्तो हुन्छ—

‘संवत् ९२८ दशहरा तिथि हुँदा चन्द्रमा चित्रानक्षत्रमा भएको वेलामा थुप्रै मन्दिर र घर भत्काउने गरी पृथ्वी अत्यन्त हल्लियो । मरण दिने, अचम्मको भैँचालोे कमलपाणि (रातो मत्स्येन्द्र)को शरीरमा ृउत्पत्र भयोे ।’

त्यहीँ नेपाली भाषामा चाहिँ यस्तो लेखिएको छ—

‘नेपालसंवत् ९२८ दशहरातिथि चित्रानक्षत्र शनैश्चरवार महाभयानकभूमिचालदिनं ।। यो अद्भुत जो छ कमलपाणि भंनु श्रीमत्स्येन्द्रनाथको शरीरदेखी उत्पत्र भयाको हो, जो परमेश्वरका रथयात्रामा आफ्ना शरीरमा उपद्रव भयेथ्यो ।’

यी पूर्णानन्द पाटनको महाबौद्ध बनाउने अभयराज शाक्यका वंशधर पण्डित रामानन्दका छोरा हुन् । पूर्णानन्दका २ जना दाजु अमृतानन्द बाँडा (वि.सं. १८३१–१८९०) र सुन्दरानन्द बाँडा नेपालको वाङ्मयको इतिहासमा आआफ्ना कृतिले गर्दा प्रसिद्ध छन् । सुन्दरानन्दले त्रिरत्नसौन्दर्यगाथा लेख्दा अपनाएको शैलीमै पहिले संस्कृत श्लोक लेखी लगत्तै नेपालीमा गद्यमा व्याख्या गरी भूकम्पसंबन्धी यो बयान लेखिएकोले पूर्णानन्दले सारेको यस पुस्तकमा भएको, भैँचालोसंबन्धी बयान पनि उनले नै लेखेका हुन् भनी मैले ठानेको छु ।

साधारण मानिसले पनि थाहा पाइराख्नुपर्ने विशेष कुरा सवाई भनिने एक प्रकारको लोकलयमा लेख्ने काम पहिले पहिले नेपाली भाषामा हुन्थ्यो । त्यसको एउटा उदाहरणको लागि वि.सं. १९९० मा गएको महाभूकम्पको विषयमा खडानन्द शर्माले लेखेको ‘भैंचालाको सवाई (९० सालको)’ देखाउन सकिन्छ । यही परंपराको एउटा कडीको रूपमा वि.सं. १८६५ को भैँचालोको बयान गरी वसन्त शर्माले ‘कलिजुग लागेको सवाई’ लेखिएको देखिन्छ ।

‘सुन सुन पाच सुन सत्यजुग गयो

कलिजुग लागेको सवाई कहन्छु’

बाट शुरू गरिएको यस सवाईमा सत्ययुग बितेपछि वि.सं. १८६५ ज्येष्ठशुक्लदशमी शनिवारको दिन गएको भैँचालोको बयान यसरी गरिएको छ—

‘बुझिनसक्नु कलिको रङ्ग

चौथो प्रहरमा पा¥यो भताभुङ्ग

डगमग पृथिवी भयो कम्पमान

भतगाउन लाग्यो देउताको थान

भदगाउ तलेज्यु सतिकि माई

भैचालो आयो भदगाउ जाई

झिङटिको छाना भताभुंग पा¥यो

तिन् सये आदमि घरैभित्र मा¥यो

कोही म¥यो कोठा कोहि म¥यो चोटा

न्यावारका छोराछोरि पा¥यो येकै रोटा

भदगाउ सहरकि पकि हवेली

बुग्मतिमाहा प¥यो भगेबलि

थोत्रा घरको राषेन आस

दुनियालाई पा¥यो पषेरामा वास

बाईस्वटा नेवार बाहाल्भित्र पारिहाल्यो नास

छिन् येकमाहा यो विधि भयो

नरनाथ विचारिको जिउ पनि गयो

तस दिन भैचालो गयो छिन येकमाहा

सात जिउ म¥यो हरिसिधिमाहा

षोकना सहरको राषेन छाना

भताभुंग पा¥यो देउताको थान

छिन येकमाहा भैचालो छुड्यो

जगंनाथ्को देवलको गजुरै चुड्यो

कुरिमन्डल् धुवा उडिगयो छारो

टुडिषेल्को ढोका फुटिगयो गारो

मुलुकमाहा भैचालो तसै दिन नाच्यो

टुडिषेल्को ढोका धर्मले बाच्यो’

ज्येष्ठशुक्लदशमीको चौथो प्रहरमा भैँचालो आउँदा खास गरी भक्तपुरमा मार परेको यस बयानबाट देखिन्छ । यस भैँचालोबाट भक्तपुर तलेजुको मन्दिर भत्केको, त्यस शहरमा ३०० मानिस घरैभित्र मरेको, त्यहाँका पक्की हवेली पनि बाँकी नरहेको कुरा यहाँ लेखिएको छ । भादगाउँ शहरमा त्यसताका नेवारहरूकै बसोबास भएकोले ‘कोही म¥यो कोठा कोही म¥यो चोटा÷न्यावारका छोराछोरी पा¥यो एकै रोटा’ भनी कविले लेखेको हुनुपर्छ ।

त्यसपछि कविले भैँचालोबाट बुङ्मतीमा भएको विध्वंसको कुरा गरेका छन् । त्यहाँको बहालभित्रै बाइस जना नेवार परे, थोत्रा घर भत्किँदा मानिसहरूले पखेरामा वास बस्न पुगे भनी यहाँ लेखिएको छ । यस भैँचालोमा त्यहाँ विचारी नरनाथ पनि परे भनी यहाँ लेखिएकोले यिनलाई अहिले हामीले चित्र नसके पनि अदालतका दोस्रो तहका न्यायाधीश यस भैँचालोबाट मरेको थाहा हुन्छ । यसपालिको भैँचालोमा जस्तै वि.सं. १८६५ को भैँचालोमा पनि बुङ्मतीमा निकै खति भएको यताबाट बुझिन्छ ।

हरिसिद्धिमा ७ जनाको ज्यान गएको र खोकना शहरका घरका छाना जति बिग्रेको र त्यहाँको देवस्थल भताभुङ्ग भएको कुरा यहाँ लेखिएको छ । खोकनाको ‘देउताको थान’ भनी कुन मन्दिरलाई भनेको हो भत्रे कुरा स्पष्ट नभए पनि त्यहाँको प्रसिद्ध र अग्लो सिकालीमन्दिरलाई इङ्गित गरेको जस्तो लाग्छ ।

काठमाडौँमा यस्तो भयो भनी शहरको नाउँ किटेर यस सवाईमा नलेखिए पनि यहाँ चर्चा गरिएकोे जगत्राथ देवल काठमाडौँकै हुनुपर्छ । काठमाडौँमा जगत्राथका प्रसिद्ध देवलमध्ये एउटा हनूमान्ढोका दरबारको पटाङ्गिनीमा र अर्को अहिलेको आर्मी हेडक्वार्टरको पश्चिमपट्टि भद्रगोल झ्यालखाना अर्थात् केन्द्रीय कारागारसँगै छ । हनूमान्ढोका दरबारको चर्चा यहाँ नआएकोले ‘जगत्राथदेवलको गजुरै चुड्यो’ भनेर टुँडिखेलको त्यही जगत्राथ देवललाई भनेको हुनुपर्छ । ‘टुडिषेल्को ढोका फुटिगयो गारो÷ टुडिषेल्को ढोका धर्मले बाच्यो’ भनी यहाँ लेखिएकोले त्यस वेला टुँडिखेलबाट शहर पस्ने ढोका अहिलेको नयाँ सडक पस्ने ठाउँतिर अर्थात् दुगंबहिलमा मात्र नभई अन्त अन्त पनि बाँकी रहेकाले कुनचाहिँलाई भनेको हो भनी तोकेर भत्र सकिएन ।

माथि चर्चा गरिएको तिथ्यावलीमा यस भैँचालोको विषयमा यस्तो लेखिएको छ—

‘शाके १७३० सम्वत १८६५ ज्येष्टसुदी १० दशहरामा ठूलो भूमिकंप भयो, खोकना बुग्मतीमा घर भत्क्यो, ३ सहरमा कोहि कोहि जगामा ज्यादा पुराना भएको घरहरूसमेत बिग्य्रा, कोहि कोहि जगामा जिमिन् फाट्यो, यस उत्पातले १८६६ साल श्रावन्मा लाहोरदेखी सिंहको लस्कर आई लडाञी भयो । सिंहले जित्यो, हाम्रो लस्कर हटी शतरुद्रापारको मुलुक गयो, त्यस दिनदेखी गोर्खाको जय भएन, तेजप्रताप घट्दै गयो ।Þ’

यस तिथ्यावलीबाट पनि वसन्त शर्माको कलिजुग लागेको सवाईबाट जस्तै यस भैँचालोको मार खोकना र बुग्मतीमा परेको देखिन्छ ।

कुनै पनि दुर्घटना घट्दा त्यसबाट पछि पछि पनि नराम्रो हुने गरेको देखाउने परंपराअनुसार वि.सं. १८६५ को भैँचालो नेपालमा जाँदा वि.सं. १८६६ मा रणजित् सिंहसँगको लडाइँमा नेपालले हार्नुप¥यो र नेपालको सतलजपारको मुलुक जम्मै गयो, त्यस वेलादेखि नेपालको प्रताप घट्दै गयो भनी यस तिथ्यावलीमा लेखिएको हो । वि.सं. १८६० भाद्रशुक्ल चतुर्दशीको दिन राति गढवालको श्रीनगरमा भैँचालो जाँदा धेरै खति भएपछि वि.सं. १८६१ असार महीनामा गढवालले नेपालसँग हा¥यो भनी यस तिथ्यावलीमा लेखिएको कुरा पनि यस्तै व्याख्या हो ।

संशोधन–मण्डलको संग्रहमा रहेको, पाको कागतमा एकापट्टि हरिताल लगाई नेपाली भाषामा लेखिएको एउटा वंशावली (१३६ क पत्र, ४–७ पङ्क्ति)मा यस भैँचालोको बयान यसरी गरिएको छ—

‘नेपालसम्वत् ९२८ सालका वैसाष महिनामा मछिन्द्रनाथका रथजात्रा गर्दा रथमा बस्याका मछिंद्रनाथका मुष सबै फुटि च्याउ जस्तो भैगयो । मछिंद्रनाथ बुग्मति लग्याको चार दिन जेष्टसुदि दसमि शनिश्चरवारका तेश्रा प्रहरमा बडो उत्पात भूकंप भै २१ पल्टसम्म भैचालो गयो र धेरै घर पर्षाल् देवालये असंष्य भै भत्की धेरै जीवाजन्तु नास भैगया ।’

वि.सं. १८६५ मा ज्येष्ठशुक्लदशमी शनिवार गएको यस भैँचालोको उत्पत्ति रातो मत्स्येन्द्रको शरीरबाट भएको भनी धार्मिक जनसमुदायको विश्वासअनुसार यस भैँचालोको यस बयानमा व्याख्या गरिएको हो । भएको के रहेछ भने त्यही साल वैशाख महीनामा रातो मत्स्येन्द्रको रथयात्रा हुँदा मूर्तिको मुख फुटेको र रथयात्रा सिद्धिई मत्स्येन्द्रलाई बुङ्मती लगेको चार दिनमा भैँचालो गएको रहेछ । यो दिन भैँचालो २१ पटक गयो भनेर वंशावलीमा लेखिएको कुराको मतलब ठूलो भैँचालो गएपछि २० चोटि धक्का आएको रहेछ भनी बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । रातो मत्स्येन्द्रको रथयात्रा बुग्मतीबाट शुरू भएको ४ दिनमा वि.सं. २०७२ को भैँचालो गएको र वि.सं. १८६५ को भैँचालोचाहिँ रथयात्रा सिद्धिई मत्स्येन्द्रलाई बुग्मती लगेको ४ दिनमा गएकोलाई संयोग नै मान्नुपर्ला । यी दुवै भैँचाला शनिवारै गएकोलाई पनि थप संयोग मानेमा फरक पर्दैन होला ।

पात्रोअनुसार त्यस दिन हस्तनक्षत्र १२ घडी १२ पलासम्म मात्र रहेकोले चित्रानक्षत्र लागेपछि मात्र भैँचालो गएको

ठहर्छ । कहाँ बढी खति भयो भत्रे कुरा वंशावलीको यस प्रतिबाट नखुले पनि यही भैँचालोको विषयमा लेख्दा वंशावलीका अरू प्रतिमा भने ‘भक्तपुरविषय ठुलो उत्पात जीवमरण भैगयो’ भनी लेखिएकोले र वसन्त शर्माको सवाईबाट पनि भक्तपुरमा धेरै ध्वंस भएको बुझिने हुनाले यस भैँचालोको खास मार भक्तपुरमा परेको देखिन्छ । वंशावलीका अरू अरू प्रतिमा ‘श्रीपशुपतिनाथका देवल श्रीतलेज्यूका देवल बडो बडो देवालय काँहि केहि भयेन’ भनी लेखिएकोले काठमाडौंको तलेजु मन्दिरले वि.सं. १८६५ को भैँचालो पनि थेगेको देखिन्छ । वि.सं. १८६५ देखि २०७२ सम्म गएका ४ वटा महाभूकम्पको खास असर तलेजुमन्दिरमा नपरेको यताबाट देखिएको छ । जगत्राथ देवलको गजुर खसेको, टुँडिखेलको ढोकाको गारो फुटेकोबाहेक काठमाडौंमा खास ध्वंस नभएको जस्तो वसन्त शर्माको सवाईबाट बुझिन्छ । तिथ्यावलीमा गोलबोलीमा काठमाडौँ ललितपुर भक्तपुर तीनै शहरमा कहीँ कहीँ ज्यादै पुराना घर भत्किए, कहीँ कहीँ जमीन पनि फाट्यो भनी लेखिए पनि काठमाडौँमा खास खति नभएको जस्तो मलाई लाग्छ ।

२४ घडी १५ पला जाँदा भैँचालो गयो भनी पात्रोमा लेखिएको कुराको उद्धरण माथि परिसकेको छ । कलिजुग लागेको सवाईमा चौथो प्रहरमा र वंशावलीमा चाहिँ तेस्रो प्रहरमा भैँचालो गयो भनी लेखिएकोले ती २ आकर अर्थात् स्रोतले दिएको समयमा केही अन्तर परेकोे छ भनी भनिरहनु नपर्ला । पात्रोमा घडी पलासमेत दिइएकोले र कलिजुग लागेको सवाईमा र वंशावलीमा चाहिँ मोटामोटी तवरले समय दिइएकोले पात्रोको समय नै ठीक हुनुपर्छ । यसको आधारमा विचार गर्दा मध्या≈नको आगेपीछे यो भैँचालो गएको देखिन्छ ।

रातो मत्स्येन्द्रको रथयात्रा बुग्मतीबाट शुरू भएको ४ दिनमा वि. सं. २०७२ को भै“चालो गएको र वि. सं. १८६५ को भै“चालोचाहि“ रथयात्रा सिद्धिई मत्स्येन्द्रलाई बुग्मती लगेको ४ दिनमा गएकोलाई संयोग नै मान्नुपर्ला । यी दुवै भै“चाला शनिवारै गएकोलाई पनि थप संयोग मानेमा फरक पर्दैन होला ।

(स्रोत : राजधानी राष्ट्रिय दैनिक)

This entry was posted in ईतिहास and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.