स्रष्टा परिचय : गीतका शिखर प्रतिभा कृष्णहरि बराल

~डा. ईश्वरीप्रसाद गैरे~

नेपाली साहित्यमा कृष्णहरि बरालको व्यक्तित्व स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्व गरी प्रकट भएको देख्न पाइन्छ भने स्रष्टा व्यक्तित्वका रूपमा यिनी कविता, गजल र गीत सिर्जनामा व्यस्त भएका देखिन्छन् । द्रष्टा व्यक्तित्वका रूपमा यिनी प्रखर आलोचक र समालोचक भएर स्थापित भएका पाइन्छन् । यति हुँदाहुँदै पनि कविता, गजल र गीतमध्ये पनि यिनको गीतकार गीति स्रष्टा व्यक्तित्व नै मूल प्रमुख र केन्द्रीय क्षेत्र बनेर प्रकट भएको पाइन्छ र यस्तो यिनको स्रष्टा व्यक्तित्व नेपाली गीतका क्षेत्रमा एक चर्चित उत्कृष्ट शिखर प्रतिभा बनेर उदीयमान भएको देख्न सकिन्छ ।

वर्तमानमा गीति क्षेत्रका अत्युत्कृष्ट प्रतिभा कृष्णहरि बरालको गीति यात्रा कसरी अगाडी बढ्यो र यो गीति यात्रामा कसरी चर्चित स्तरीय र लोकप्रियताका दृष्टिले यिनको गीति सृजन रचना कसरी महŒवपूर्ण प्रभावपूर्ण र अत्युच्च गीति ™चना प्रकट भए ? विशेष गरी यस्ता गीतहरूको रचना कसरी हुन पुग्यो भन्ने सन्दर्भले यहाँ यस लेखको औचित्यपूर्ण बन्न पुगेको देखिन्छ ।

कृष्णहरि बरालको गीति सिर्जन यात्राको पृष्ठभूमिलाई हेर्दा यिनमा बालककालदेखि नै गीततर्फ रूचि बढेको र हजुरबुबा काशीनाथ बरालले महाभारतको देवीको स्तुति भट्ट्याउने क्रममा ‘गुप्ती नाम धरी सखी नगरीमा पस्न्या बखतमा पनि…’ भन्ने श्लोक गायनबाट प्रभावित भई हालसम्म बराललाई यो श्लोक कण्ठस्थै भएको र त्यसबाट यिनी प्रेरित भएको सन्दर्भ फेला पर्दछ ।

यस्तै घरमा मादल राख्ने र मादल बजाएर गीत गाउने प्रचलनले पनि यिनमा थप प्रभाव प्रेरणा छोडेको देखिन्छ । यस्तै महाभारत र रामायणजस्ता किताबका सन्दर्भमा पनि यिनी आकर्षित भएको पाइन्छ । रेडियो सुन्न निकै रूचाउने बराल आफ्नो घरमा रेडियो नभए पनि गाउँमा अर्काको घरमा रेडियो सुन्न जाने गर्दथे भने गाउँका भजनका कार्यक्रमहरू हेर्दा मोहित र मन्त्रमुग्ध बन्न पुगेको समेत बराल भन्दछन् ।

उपर्युक्त कारणहरूले गीत लेखनमा ठोस प्रभाव प्रेरणा र पृष्ठभूमि तयार भएका परिसरमा यिनले कक्षा पाँचमा पढ्दा प्रथमतः गीत लेख्न थालेको तथ्य पाइन्छ र यस्तै बखत गीत लेखेका कारणबाट यिनले एउटा कापी पुरस्कार समेत प्राप्त गरेको देख्न पाइन्छ । यति मात्रै होइन यिनी कक्षा सातमा पढ्दा रातभरि भजन भट्ट्याउने, नाच्ने, मादल बजाउनेजस्ता कुरामा समेत व्यस्त भएर लागि परेको देख्न पाइन्छ । यसपछि कक्षा आठमा जनकपुरमा पढ्न गएपछि यिनको लेखन अघि बढ्न पुगेको देखिन्छ ।

प्रवीणता तह अर्थात् आईएमा पढ्दा कर्मयुग पत्रिकामा ‘विपरीत व्यथाहरू’ कविता प्रकाशित भएको थियो भने २०३१ सालमा ‘उषा’ पत्रिकामा दुई टुक्रा गीत प्रकाशित भएको थियो । बीएमा पढ्दासम्म हास्यव्यंग्य र थुप्रै गीत लेखन गर्ने क्रममा जनकपुरको बसाइ व्यस्त भएको देखिन्थ्यो । यसरी गीत लेख्ने बराललाई कसैले गीत गाइदिन्छु कसैले गीत छपाइदिन्छु भनेर भन्नुभन्दा पनि यिनी गीत लेखनतर्फ स्वतः प्रतिबद्ध संलग्न र क्रियाशील बन्न पुगेको देखिन्छ ।

औपचारिक अध्ययनकै क्रममा बीए पास गरेर काठमाडौं आएका बराल रेडियो नेपाल हेर्न जान्छन् । आईए पढुन्जेल रेडियो नेपालबाट प्रसारित हुने प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्ने त्यसबाट सधैं चर्चामा आउने साथीहरूमा कृष्णहरि बराल र मोहन दुवाल रहेका थिए । यतिबेला पाण्डव सुनुवार र देवी शर्माले प्रश्नोत्तर कार्यक्रम सुनाउँथे र सधैजसो हाम्रो प्रश्नोत्तर आउँथ्यो । यसै क्रममा बराललाई यिनीहरूले चिन्न पुगेको देखिन्छ ।

यसै क्रममा मैले गीत लेख्छु भन्ने कुरा उनीहरूसित गर्दा तपाईंले लेखेका गीत पत्र मञ्जुषामा खसालिदिनुहोस् भनेबमोजिम अर्कोपटक आउँदा १० वटा गीत खसालिदिएँ र बोर्डले १० वटा गीतमध्ये ६ वटा गीत स्वीकृत ग¥यो र यिनमा पनि ‘म भक्त हुँ यो देशको’ गीतको रेकर्डिङ नै बरालका गीत मध्येको प्रथमपटक रेकर्डिङ भएको गीत हुनु पुग्यो ।

विशेषगरी २०३० सालदेखि गीत लेखनमा सक्रिय बनेका कृष्णहरि बरालका गीत रेडियो नेपालमा गीति क्यासेटमा र चलचित्रमा भ™मग्दुर रूपमा प्रचलित, चर्चित र प्रसिद्धिको शिखर चुम्न सफल भएका पाइन्छन् । लभगभ १० वर्षयताको समयमा बरालको गीतहरूले गुणात्मकताका साथसाथै परिमाणात्मकताका साथसाथै स्त™ीयताकै उत्कृष्ट बिगुल फुक्न लागेको देखिन्छ । यस्ता यिनका गीतहरूलाई चर्चित गीत र चलचित्रका गीत गरी यसरी हेर्न सकिन्छ ः

१. ‘म भक्त हुँ यो देशको…’ गोकुल राईको संगीत र पाण्डव सुनुवार र सुरेश श्रेष्ठको आवाजमा २०३३ सालमा रेकर्डिङ भएको ।

२. ‘बाधा परून् जति नै सारा सहन्छु म…’ राम थापाको संगीत र द्वारिकालाल जोशीको स्वरमा २०३७ मा रेकर्डिङ भएको ।

३. ‘कुन देशकी परी…’ हिक्मत मालीको स्वर र राम थापाको संगीत भएको ।

४. ‘रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती…’ रवीन शर्माको स्वर तथा राम थापाको संगीत भएको ।

५. ‘यी हल्लाहरू हुन् तिमीले सुनेका…’ आनन्द कार्कीको स्वर तथा दीपक जंगमको संगीत भएको ।

६. ‘के भूल भयो प्रिया मसँग बोल्दिनौ…’ नरेन्द्र प्यासीको स्वर र मदन दीपविमको संगीत रहेको ।

७. ‘जमाना खराब छ…’ निशा देसारको स्वर र सुरेश गैरेको संगीत रहेको ।

८. ‘यहाँ देशको छ चिन्ता…’ दीपक लिम्बूको स्वर र सुरेश गैरेको संगीत रहेको ।

यसरी आठवटा गीतहरू रेडियो नेपालबाट सर्वाधिक चर्चित र सर्वाधिक लोकप्रिय भएर प्रसारित भइरहेको देखिन्छ र यिनै गीतबाट मात्रै पनि कृष्णहरि बराल नेपाली गीति क्षितिजका उत्कृष्ट गीतकार प्रतिभा बन्न सफल सक्षम र समर्थ बन्न पुगेको देखिन्छ । यति मात्रै होइन, अजस्र गीति प्रवाहमा गीत सिर्जना गर्ने बराल आधुनिक गीतका क्षेत्रमा सर्वाधिक चर्चित गीतकार बन्नुका साथै नेपाली चलचित्रमा खोजेजस्तो, भनेजस्तो र रोजेजस्तो, जस्तो उपयुक्त गीत चाहिन्छ, त्यस्तै गीत सिर्जना गरेर उपलब्ध गराउने कृष्णहरि बरालमा आशु गीति लेखन प्रतिभा प्रवाह यात्रासमेत कायम भइरहेको देख्न सकिन्छ । यस किसिमका यिनका चलचित्र तर्फका हिट सुपरिहिट गीतहरूमा निम्न गीतहरूलाई हेर्न सकिन्छ ।

१. ‘मैले त्यै भएर मन पराको…’ दीपक लिम्बूको स्वर र महेश खड्काको संगीत रहेको ।

२. ‘नाइँ नभन्नू ल…’ दीपक लिम्बू र रजिना रिमालले गाएको महेश खड्काको संगीत रहेको ।

३. ‘म मर्ने बेला तिमीचाहिँ आउनू…’ रजिना रिमालको स्वर र महेश खड्काको संगीत रहेको ।

४. ‘पागल म बन्न सक्छु…’ स्वरूपराज आचार्यको स्वर र वसन्त सापकोटाको संगीत रहेको ।

५. ‘यी आँखामा तिमी छौ…’ प्रेम परियारको स्वर र सुरेश गैरेको संगीत रहेको ।

६. ‘मर्ने कसैलाई रहर हुँदैन…’ प्रेम परियारको स्वर र सुरेश गैरेको संगीत रहेको ।

७. ‘म त अल्पत्र पर्छु तिमी नभएको बेला…’ स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वर र अर्जुन पोखरेलेको संगीत रहेको ।

यसरी यी उपर्युक्त आधुनिक गीत र चलचित्र तर्फका बरालका गीतहरू हेर्दा यिनले नेपाली गीति आकाशमा एक आफ्नै किसिमको उत्कृष्ट उचाइ कायम गर्ने त्यस अनुरूपको प्रसिद्धिको शिखर पक्रन सक्षम, समर्थ र निपुण बन्न पुगेको देखिन्छ ।

उपर्युक्त गीतहरू किन श्रोताहरूले मन पराए र अहिले गीति क्षेत्रमा किन सबैभन्दा अग्रस्थानमा कृष्णहरि बरालका गीतहरू चर्चित छन् ? यसबारे हेर्दा बराल भन्छन्, ‘म गीत लेख्दिनँ, मलाई गीतले लेखाउँछ’ पहिले अन्तःस्तलमा गीत फुर्छ अनि मात्रै लेख्दै गर्दछु । पहिले भाव आएपछि संवेगात्मक प्रस्तुति संवेगात्मक रूपमा अभिव्यक्त हुन्छ भन्ने बरालले जबर्जस्ती गीत लेख्दा रहेनछन् भन्ने पुष्टि हुन्छ ।

साहित्यले पनि भन्दछ, साहित्यको मूल तŒव भाव हो र भावपूर्ण तवरले प्रस्तुति भए मात्रै कुनै पनि कृति महŒवपूर्ण बन्दछ । यसैगरी, भावमय गीत सिर्जन गर्ने बराल गीत लेखन गर्दा किन त एक्लै हुँदा, कि त बाटोमा हिँड्दा गीत सिर्जना गर्ने गरेको बताउँछन् । यस किसिमका बरालका केही भावमय गीतका सन्दर्भलाई यहाँ यसरी हेर्न सकिन्छ ः

कतै मर्नुपर्ने नपाएर पानी

कतै पानीमा नि डुबी मर्नुपर्ने

यस्तै अर्को ः

तिमीसँग हुँदा विष पिए पनि मर्दिनँ म

एक्लै हुँदा त म अमृत पिए पनि मर्छु

यी केही साक्ष्य उदाहरणमा बरालका गीतका एकपछिका अर्का भावमय प्रवाह प्रवाहित छन् भने समष्टि गीत सिजनामै बराल भावमय प्रवाहका प्रवाहित गर्ने गीतकारभएका पाइन्छन् ।

यस्तै कतै विरोधको प्रदर्शनद्वारा, कतै अतिशयोक्तिपूर्ण अभिव्यक्तिद्वारा र कतै नवीन किसिमका शब्दका खेलहरूद्वारा उनका गीतहरू सजिएका पाइन्छन्, जसलाई यसरी हेर्न सकिन्छ :

अतिशयोक्तिपूर्ण गीतको नमुना हेर्दा

म फुल्छु हँसिलो लिई ओठ तिम्रै

तिमी साथ हुन्नौं मेरो अर्थ हुन्न

यस्तै अर्कोतिर

तीर हुन् कि ती दृष्टि यो छातीमा गड्दछ

देख्दै छु आँखाहरूकै निसाना खराब छ

सन्देश अलंकारको प्रयोगको नमुना बनेको यो गीतमा तिर हुन् कि ती दृष्टि छातीमागड्दछन् लाई केटीहरूमा गरिने यौनजन्य हिंसालाई संकेत गरिएको छ ।बरालका गीतमा लयविधान संरचनाजस्ता पक्षहरू सशक्त भएका पाइन्छन् भने यिनमा पनि लयविधानको विविधता संरचना प्रयोगको सशक्तता निर्मित भएका पाइन्छन् ।

यिनका गीतमा एक पंक्ति, दुई पंक्ति, तीन पंक्ति र चार पंक्ति र १०÷१२ पंक्तिको पनि स्थायीका रूपमा प्रयोग भएकोपाइन्छ । यसरी हेर्दा ‘सहिद भएर बाँच्यो…’मा एक पंक्तिमा स्थायी छ भने ‘जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म…’मा नौ पंक्तिको स्थायी छ । नेपाली गीति फाँटमा दुई वा चार पंक्तिको स्थायीको प्रचलन धेरै भएको पाइन्छ । यिनका गीतमा परम्परित लयदेखि गद्य लय सम्मको प्रयोग पाइन्छ । एउटै गीतमा पनि मिश्रित लयको प्रयोगसमेत गरेको भेटिन्छ । यस्तै अनुप्रास प्रयोगको विविधतासमेत यिनका गीतका विशेषता हुन् ।

अनुप्रासकै सन्दर्भमा कुरा गर्दा यिनका गीतमा आद्यानुप्रास, मध्यानुप्रास, अन्त्यानुप्रास र आन्तरिक अनुप्रासको सहज प्रयोग गरिएको पाइन्छ । जस्तै ः

हावालाई दिन्छे चञ्चलता मुजुरलाई नाच दिन्छे

मायालु मस्त मौसमलाई मुहुनी मात दिन्छे ।

यस्तै यिनका गीतहरूलाई हेर्दा धून निर्माण तथा गीतको ऐरेन्ज पक्षमाथि पनि दखल कायम गर्ने कृष्णहरि बराल साहित्यकै विद्यार्थी भएअनुरूप गीत र गजलसम्बन्धी सैद्धान्तिक अवधारणाका एक मात्र उच्च प्रतिभा भएको प्रमाण यिनका गजल सिद्धान्त र इतिहास गीत सिद्धान्त र इतिहाससम्बन्धी कृतिहरूले दिएको पाइन्छ ।

यसरी गजल र गीतको सैद्धान्तिक अध्ययन र परम्पराको अध्ययनले यिनलाई कस्ता कस्ता गजल गीत लेख्ने त्यसतर्फ बलियो टेवा मिलेको देखिन्छ भने अर्कोतर्फ यिनमा रहेको गीत सिर्जनको सहज प्रतिभाको भावमय प्रवाहको कालीगढीले श्रोतालाई मन्त्रमुग्ध पार्ने सामथ्र्य प्राप्त गरेको पाइन्छ । यसैअनुरूप विभिन्न पत्रपत्रिका अनलाइन सामग्रीमा चर्चा भएजस्तै यिनी हरसमयका चर्चित गीतका स्रष्टा, शब्दका जादूगर एवं शब्दका कुशल खेलाडी र मानव मनको अन्तःस्तलसम्म छाम्न सक्ने गीतकारका रूपमा लिन सकिन्छ ।

हुन त गीतमा गीत लेखकको एउटा संरचना संगीतकारको अर्को संगीतको संरचना र गायकको एउटा स्वरगत संरचना गरी यी तीनवटै कुराको सफलीभूत संगममै जुनसुकै गीत पनि उत्कृष्ट बन्दछ भने यी यावत् सन्दर्भलाई हेर्दा समेत बराल संख्यात्मक, गुणात्मक र परिमाणात्मक तीनै रूपमा सफल सक्षम र समर्थ भएको पाइन्छ । यसको मुल प्रमुख श्रेय यिनको सहजात प्रतिभाको उच्च उत्कृष्ट भावमय प्रवाहकै गीत सिर्जन हो भन्नुपर्दछ ।

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.