कविता : जीवनी

~राजव~

म पिंढीमा बसेर क ख ग पढ्दै
अक्षरहरुको बनोट सिक्दै हुन्थें
बा गाउँलेका
फााट, फाँटटका
खेतहरुमा कोदाली खन्दै हिँड्थें

किताबहरुले भरिएको झोला बोकेर
म स्कुल हिाड्थें
बा कााधमा कोदाली भिरेर
गाउालेको पर्म तिर्न
फााटतिर झर्थे

म स्कुलमा जोड, घटाउ, भाग सिक्दै
दुनोट घोक्दै हुन्थें
वा पिठ्युामा
मलको बडेमानको भारी बोकेर
घर, खेत
खेत, घर
गरिरहन्थे

बा रोपाइाका खेतहरुमा
बाउसे गर्दै हिाड्थे
म अंग्रेजी व्याकरणका टेन्सहरु
घोक्दै हुन्थें

बा आफ्ना, अरुका
खेत–बारीका
डल्ला फोरिरहेका हुन्थे,
म कलेजको कक्षाहरुमा
प्राणीशास्त्र, वनस्पति विज्ञान र
रसायनशास्त्र पढ्दै हुन्थें

बा आफ्ना खेतका
अरुका खेतका
धान चुट्थे
परालको कुन्यु लाउाथे
म कलेजमा
मानव शरीरका
मुटु, कलेजो पढ्दै
भ्यागुतो चिरफार गर्दै हुन्थें

कोदाली खन्दै
हातमा ठेला पार्दै
बा मेरो राम्रो जीवनी लेखेर बिते

जसको शीर्षक थियो
एक विद्वान् प्रोफेसर।

प्रकाशित : मंसिर १, २०७५

(स्रोत : कान्तिपुर-कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.