गीत : म दूर भएर के भो

~अम्बर गुरुङ~

म दूर भएर के भो, अभिषाप छाएर के भो
यति रोए जिन्दगीमा, कि फेरि रोएर के भो

जति भावना छन सबै, रित्ता छन यति रित्ता
ती जागरणका सामुन्ने, उत्साह छन रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो

आफ्नै यी धडकनहरू, भिन्न छन यति भिन्न
बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो
यति विरान जिन्दगी छ, कि विरानी आए के भो

शब्द / सङ्गीत / स्वर: अम्बर गुरुङ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.