गीत : ऐले नलग्नु यो दिल

~राममान तृषित~

ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
अलिदिन कुरेर तिमीमा जवानी त आउन देऊ
पैले सम्भाल्न जान्नु
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिमीसँग माया लाउन एउटै कुराको डर छ
बुझ्दैनौ शायद तिमीले कति दु:ख सहनु पर्छ
ऐले नलग्नु यो फूल पैले सम्भाल्न जान्नु
बचपन गएर तिमीमा जवानी त आउन देऊ
पैले सम्भाल्न देऊ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिम्रो निमित्त दिलको मन्दिर अझै छ खाली
आएर बस्नु तिमी नै जब तिमी जवान होउलिउ
ऐले नगर्नु यो भूल पैले सम्भाल्न जान्नु
हतास नहुनु तिमीमा जवानी त आउन देऊ
पैले सम्भाल्न देऊ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

शब्द : राममान तृषित
स्वर : कन्हैया कुमार जोशी
सङ्गीत :

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.