~अज्ञात~
लय : घाँस काट्ने खुर्केर
घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिउँ यो जोवन ।।
डाँडाबाट हात्ती आयो लामो लामो कान
निहु खोज्ने केटाको दाँतैमा हान
कसलाई दिउँ यो जोवन ।।
आमा भने बौद्धमा म:म: थुप्पा बेच्छे
छोरी भने लुकि लुकि लव लेटर लेख्छे
कसलाई दिउँ यो जोवन ।।
भक्तपुरको सुकुल गुण्डा काठामाण्डौं गाईने
आज्कालको तरुणीलाई धोर्ले पोई चाईने
@साहित्य सङ्ग्रहालय
कसलाई दिउँ यो जोवन ।।
आज्कालको ठिटीहरुको अनौठो फूर्ती
उडाउँछन् चुरोट च्याप्दछन् सुर्ती
कसलाई दिउँ यो जोवन ।।
एक जना पूलिस दाईको हेड्क्वाटर ड्युटी
छोरी चाँही हेर्न जाँदा आमा रै’छ ब्युटी
@साहित्य सङ्ग्रहालय
कसलाई दिउँ यो जोवन ।।
मासु खाना परे खानु छिप्पु भालेको
केटी रोज्न परे रोज्नु वाईवाई केश पालेको
कसलाई दिउँ यो जोबन ।।
घाँस काट्ने खुर्केर
आयो जोबन हुर्केर
कसलाई दिउँ यो जोवन ।।