~अनुपम ‘नवोदित’~
यति धेरै छापिन्छन् राहदानी पनि
दिनका दिन उड्छन् जिन्दगानी पनि
एक फिस्को हाँसो बटुल्न दौडिँदा दौडिँदै
घरीघरी आँसु पठाउँछिन् चाँदनी पनि
यसपालि त रोधी घन्किन्छ भन्ने थियो
सुनसान भयो घरको आँगनी पनि
स्वदेशमै नङ्ग्रा खियाउन जोड गरे पनि
सिमै नाघी आकासियो बेइमानी पनि
पराईको देश बनाउँदा बनाउँदै
बालुवामा पानी झैँ हरायो जवानी पनि
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )