~प्रतिमा अधिकारी~
छ तिनै सन्तानको खोजी,
पढोस् गरोस् यहि देशमा
पलोस् बढोस् यहि भेषमा
भनोस् मेरो देश मेरो शान
नेपाली हुन पाउनु मेरो अभिमान
तर अफ्सोस् हुन सकेन यो,
बाध्याता र परिस्थितिले पुर्यायो ठुला शहरमा
हराउन थाले सबै आफ्नै स्वार्थ अनि रहरमा
नेपाल आमा कराइरहिन् कहाँ छौ पुत्र
बाटो भुली हराइरहे सबै यत्र तत्र
आसुले समुन्द्र बन्ला जस्तो भयो
मनहरुमा ठुलै छाल आयो गयो
आधी ठुलै थियो तर भाग्ने बाटो भेटिएन
दास बनि अरुको देशमा बस्ने प्रथा अझै मेटिएन ।
यहि छ चाल यहि छ हाल मेरी आमाको
जय देश ,जय नेपाल ।।
(स्रोत : बिराटसन्देश डट कम)