~बिपिन शर्मा~
ति दिन अब रहेनन्
हामी विच तिमी रहेनौ
केवल यादहरु छन् बितेका पलका
हरेक पल ताजा हुन्छन्
बिर्सन खोज्दा प्रत्येक बिर्सिएका
पुराना थोत्रा सम्झना पनि ताजा हुन्छन्
जिन्दगी सायद यस्तै होला………
त्यसैले त तिमी रमाएनौ जीवनसँग
अजर द्वेस साँध्यौ आफ्नै जीवनसँग
अनि परास्त गरिदियौ उसलाई
तर अफसोस हामी !
अझै बाँचेका छौं
सायद बाध्य छौं बाँच्न
अनि तिम्रा प्यारा सम्झनाहरु सँगाल्न
वा हुनसक्छ हामी भ्रममा छौं
मानौं एउटा अशक्त बुढो पालेझै
अतित फर्किआउने आशमा
आँगन कुरेर बसेका छौं हामी
अनि यो शिशिर जस्तो जीवनमा
कल्पनाका रंगहिन फूलहरु फुलाएर…….
यो शुन्यतामा हामी सुन्दैछौं,
कोलाहलका स्वरहरु…….
चित्कारका संगीतहरु……
यि सव यथार्थ हुन् या भ्रम?
तर दुखाई छ यसमा
ब्यथा छ मनमा
अनि रिक्तता छ
तिम्रो अभाव छ
….सम्पूर्ण जीवनमा
हामी यस्तै पिडा भोग्छौ
किन, के ले र कसरी जिन्दगी यति निरस?
बताउन नसक्नुले
अर्को बेदना उब्जन्छ
सायद घाउको खाटो हो जिन्दगी
कहिल्यै नउक्किने
पल पल यादहरुले कोट्याउने
अनि दुखाउने
अतितको खुसीले पनि दुखाउने
सायद चोटनै हो जिन्दगी
कहिल्यै बिसेक नहुने
सायद घाउनै हो जिन्दगी ।।
Bipin Mishra
Gairi Dhara, KTM
(स्रोत: तन्नेरी डट कम – Issue 5 – Baisakh, 2062)