गीत : मेरो आँखालाई राख्ने फुलबारी

~अम्बर गुरुङ~

मेरो आँखालाई राख्ने फुलबारी छैन
तिम्रो मुहारमा राखुँ कि
मेरो बतासलाई बाँध्ने सुगन्ध छैन
तिम्रो निश्वासमा बाँधु कि

पहाड भन कि मधेस भन घुमेकै म पनि
बैशाख भन कि पानीको रिमझिम रुझेकै म पनि
जसरी पनि जीवन झुल्छ जसरी फुल्छ वन
मर्नलाई बाँकी रहेन केही बाँकी छ यही मन
मेरो यही मनलाई राख्ने घुम्तीघर छैन
तिम्रो दोभानमा राखुँ कि

उदास भन कि खुसी भन कि भएकै म पनि
राम्रा नराम्रा दुवैनै थरी भएकै म पनि
जता नै पनि जोवन फुल्छ जसरी फुल्छ फूल
मायालु मात्र बेग्ला बेग्लै मायाकै एउटै फूल
मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो नजरमा राखुँ कि

शब्द / सङ्गीत : अम्बर गुरुङ
स्वर : नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.