~सदानन्द अभागी~
तिम्रो सुन्दर बगैंचामा गुलाफ फूल फुलेको छ
मकरन्द पान गर्न भमरा त्यहाँ झुलेको छ
धन्य रहिछ्यौ देवी तिमी रसातलमा पौडिएकी
रसातलको पौडाइ हेर्दा विश्व मेरो भुलेको छ
लोभी पापी मन सवको अडिएको सुन्दरतामा
सुन्दर फूल ग्रहण गर्न कोरीबाटी तुलेको छ
नगाँस त्यो पिरतीलाई अधमरो जीवनसँग
क्षणिक जीवन शुद्धतामा प्रष्टसँग खुलेको छ
दुई आत्मा एउटै बन्छ अब हाम्रो सङ्गममा
त्यसैले नै डोली सजाई साँवाव्याज सुलेको छ
सदानन्द अभागीको समभोग–समाधि गजलसङ्ग्रहबाट
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )