गजल : शंखनाद गरिदिनु

~अनन्त लम्साल~

सक्छौ भने मायाको शंखनाद गरिदिनु ।
सक्दैनौ त मेरो मुटु आजाद गरिदिनु ॥

तिमी मेरी हुनै पर्छ भन्ने केहि छैन
अलिकती माया दिनु र याद गरिदिनु ।

सम्झनामा आज पनि छताछुल्ल भएँ
यसै गरी नयन सधैँ आवाद गरिदिनु ।

फूल र जूनले सेखी गर्दा म सम्झन्छु तिमी
सोच्दै हाँस्छु ब्यर्थै किन बिबाद गरिदिनु ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.