कविता : भ्यालेन्टाइन डे

~हरिहर आचार्य~

खान छैन करोडौं नेपालीहरुलाई, खाउन के?
फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे ।
मलाई त थाहा छैन के के हो खोई कुन्नी
भ्यालेन्टाइन डे मनाए के हुनी के नहुनी
छोडि सके खेल्न यहाँ देउसी र भैलोहरु
बिदेशी संस्कृतिको खैलो बैलो अरु ।।

खान छैन करोडौं नेपालीहरुलाई, खाउन के?
फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे ।
घाँटी हेरेर हाड निल्नु पर्ने हो यहाँ तर
घाँटी भन्दा ठूलो हाड निल्ने गर्छन रहर
कहिले मनाउँछन् फेरि अप्रिलका फूलहरु
म कति सहेर बसौं जति गरे पनि भुलहरु।।

खान छैन करोडौं नेपालीहरुलाई, खाउन के?
फोस्रा आडम्वरीहरु मनाउँछन् भ्यालेन्टाइन डे ।
हे नेपाली समाज भित्रका पटमुर्खहरु
यदि मनाउनुनै छ भने एक शताब्दी पर्ख अरु
एक शताब्दी पर्ख अरु ।।

Harihar Acharya
Bishalnagar, Kathmandu

(स्रोत: तन्नेरी डट कम – Issue 3 – Falgun, 2061)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.