~“जीवन्त ” रुकु~
मुरलीको धुनले कृष्ण तान्यो मेरो मन
तिम्रो दर्शन पाई कृष्ण नाच्यो मेरो मन
छम छम नाच्यो मेरो मन कृष्ण
नाच्यो मेरो मन …….
बिन्द्राबनको सेरोफेरो ग्याला सगै गाई चराउदै
एमुनाको किनारामा गोपीनि साथ रमाउदै
एसोधाको काखमा बसी नौनी माखन खायौ
कंसलाई बध गरि भक्तजनको उद्दार गर्दा कृष्ण नाच्यो सबको मन ….
कृष्ण छम् छम् नाच्यो सबको मन …।
मुरलीको ….
गोप गोपीनिको साथ रमाउदै माया पायौ सबको
द्रौपदीको लाज राखी ईज्जत गर्न सिकायौ नारिको
देबकी र यसोधालाई सम्मान गर्दै सन्तानको कर्तब्य सिकायौ
कुरुछेत्रमा न्यायको जित गराउदै अन्यायको पतन गाराउदा नाच्यो सबको मन कृष्ण ….
छम् छम् नाच्यो सबको मन कृष्ण …।
मुरलीको …।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)