~कैलाशमणी खरेल~
जेठ महिनाको चर्को घाममा ऊ कतै जाँदै थियो । मध्यान्हको समय भएकोले प्रचण्ड गर्मी थियो। निर्जन र उजाड मरुभूमि भन्दा केही देखिँदैन टाढा टाढा सम्म । कतै-कतै बेआकार भएर लमतन्न तेर्सिएका चट्टान देखिन्थे । तातो हावा चलि रहेको थियो। बालुवामा हिँड्नु असाध्यै कष्टकर थियो। थकान र अत्याधिक गर्मीले लखतरान भैसकेको थियो ऊ । केही बेर थकाई मार्नु पर्यो भनी सोच्यो । कतै रोकिएर बिश्राम गर्ने जस्तो ठाउँ देखिदैन । ऊ ब्याकुल भएर बेमनसँग हिँडिरहेको थियो कतै केही भेटाइहालिन्छ कि भनेर। तर निराशा मात्र हात लाग्यो। आफूलई साह्रै निरिह र लाचार महशुस गर्यो। मनमनै सोच्यो केही बेर शितल छहारीमा थकाई मार्नु मात्र पाए हुन्थ्यो। भगवान लाई सम्झ्यो र पुकारा गर्यो।” हे प्रभु, म माथि दया गर”
चमत्कार्……केही पर एउटा रुख देखियो।उसले अघाउँजी आराम् गर्यो रुख को छायामा। उसले संसार का सबै सुख – आनन्द लाई बिर्स्यो। थकाई मेटिसकेपछी उसलाई चिसो पानी पिउने ईच्छा भयो। गर्मी मा हिंडेर आउँदा पसिना पसिना भएर शरीर को पानी सबै पानी बहिर निस्केको मनन गर्यो। फेरी पुकार्यो प्यास मेटाउने ईच्छा सहित दयालु भगवान लाई। नभन्दै चिसो पानी को कल्कलाउदो धारा देख्यो आफ्नो अगाडि। उसले पेट्भरि पानी पियो। सर्ट को बाहुला ले मुख पुछेर केही बेर रुख को छाया मा सुस्तायो। थकान र प्यास मेटिसकेपछी लमतन्न परेर पल्टिएको थियो भुसुक्कै निदाएछ। चराहरु को चिरबिर ले उसको तन्द्रा भंग भयो। उठेर यता उता हेर्यो। टाढा टाढा सम्म कोही देखिदैन। बिहान देखि केही खाएको छैन उसले। झोला मा केही टुक्रा बिस्कुट बाँकी थियो। त्यती ले उसको भोक मरेन। अन्तिम चोटि भन्दै फेरि याचना गर्यो केहि खानेकुरा पाउ भनी। टाउको उठाएर माथि हेर्यो रुख मा फल लागि सकेको थियो। अघाउजी फल तोडेर खायो उसले। उसका ईच्छा हरु पुरा भए। उसले जे-जती कुरा को चाहना गर्यो पायो।
के यो भगवान प्रति उसको आस्था र श्रद्धा को प्रतिफल थियो? उ अचम्भित भएर सोच्न थाल्यो। यसरी मान्छे का ईच्छा पुरा हुने भए परीश्रम किन गर्नु पर्थ्यो। कतै यो कुनै भुतप्रेत या राक्षसी शक्ति को काम त होइन। उसले वरिपरि हेर्यो। उ सशंकित थियो कतै उ कुनै भयानक् आत्मा को फन्दा मा त छैन। उसको मन ले आनेक सोच्न भ्यायो एकै छिन मा। उसले कल्पना गर्यो एउटा अजीब र डरलाग्दो आक्रिती उ तिर अ!इ रहेको। लामो कालो रौ ले ढाकिएको अजंग को भीमकाय शरीर। त्यसमथि उसको भयानक् हासो। उ छट्पटायो करायो। बचाउ बचाउ को गुहार लगायो। उ होश मा रहेन। अचेत भएर भुइमा लड्यो।
बटुवाहरु ले उसलाई होशमा ल्याए। उसले आफूलाई ठिकठाक पायो । उठेर हेर्यो त्यहाँ न कुनै रुख थियो न पानी को धारा नै थियो। न अघि देखिएको त्यो डरलाग्दो आकृति!
ऊ त कल्पना मै हराएको रहेछ।
“अंकल अनि के भयो? ऊ आफ्नो घर फर्क्यो हो?” मेरो भतिज राहुल ले उत्सुक भएर प्रश्न गर्यो।
” केटाकेटीहरुलाई यस्ता कथा न सुनाउनुस् भनेर कति भन्ने हजुर लाई। उनिहरु माथि नराम्रो मनोबैज्ञानिक असर पर्छ।” मेरी श्रीमति ले आपत्ति गरिन!
” कथा अझै बाँकी छ। हो त्यस पछि उ सकुशल आफ्नो घर गयो। उसले अरुलाई सम्झाउन थाल्यो हामीले सधैं सकारात्मक सोच्नु पर्छ भनेर। हामीले अन्तर्मन ले जस्तो सोच्छौ, चाहना गर्छौ त्यस्तै पाउछौ। त्यसैले सधैं राम्रो र भलो चिताउनु पर्छ। “ मैले कथाको बिट मारेँ।
(स्रोत: तन्नेरी डट कम – Issue 54 – Poush, 2065)