~जीवनाथ धमला~
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै छातिभरि ज्वला छ
मेरो संसार जहाँ आँसुका भेल हुन्छन्
मेरो हिंडाइ जहाँ काँडाहरू भरिन्छन्
चाहिन्न पानी चिसो पीडा पिएर बच्छु
चाहिन्न गास मिठो ज्वाला निलिरहेछु
मुस्कान ती शहरमा मैले नियाल्न खोजे
व्यथाहरू अरुका मैले सहन खोजें
आकासलाई मनको विस्वास बगाई धोएँ
सम्भावना रहरका आसा कुल्चेर आएँ
शब्द – जीवनाथ धमला
स्वर – लक्ष्मी बजगाईं
संगीत – नरेन्द्र प्यासी