~बिपना ढुङ्गाना~
विदेशबाट घर फर्कियो छोरा,
सपनाका माला उनेर
फर्किएको बर्षदिन नभई
मर्दियो छोरो,पासो बुनेर।
“बाबुआमाको मन छोराछोरीमाथि,
छोराछोरीको मन ढुङ्गामुडामाथि”
आखिर सत्य भैदियो त्यो भनाई
आँशु पुछ्दै भन्दै थिईन,आमा
तिम्रो हसिलो तस्विरमा हार चढाई।
संक्रान्तिको अघिल्लो रात
हे दैव!
किन पारिदियौ तेति ठूलो बज्रपात?
कसरी बयान गरूँ त्यो क्षण,
झ्यालबाट देख्छन् बुबा
छोरो झुन्डिएको लास।
देख्नासाथ बेहोस भए बुबा,
अनि रुन नसकेर धत्रक्क
भुइँमा लडिन् आमा,
सायद यात्रा नै थोरै
लेखिदिएछ भावीले
त्यो अभागी निधारमा।
भन्छिन् आमा,
“खत्रक्क मुटु फुट्यो
उनिदै गरेको सपना टुट्यो,
छोरा! तिम्रो पलभरको गलत निर्णयले
आज तिम्रै परिवारको खुशी लुट्यो।”
भन्छन् बुबा,
“अब मलाई बाच्ने रहर छैन
छोरा! तिमी र तिम्रो साथ बिना
हाम्रो कुनै शहर छैन।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)