कविता : पौरख

~पुरुषोत्तम अधिकारी~

रोजेर कर्मवीर अप्ठ्याराहरु
गुजार्दै छ दैनिकी कष्टकर,
अभिलाषा के बोकेन र उसले
अभिनयमा भयो तम्तयार
गन्तव्य निकट होस् वा दूर
छोडेन शरीर र मन रगट्न,
आसमानका नक्षत्र गन्दै हुन्थ्यो
गन्दै हिमखण्डका शीर
धान्नलाई जीन्दगी चार प्रहरकै
सास्ती माथि सास्ती झेल्दै
परिचय भित्रका कैयन अपरिचय
न उ चिन्नसक्थ्यो न खुट्याउनै सक्थ्यो
शिर्फ ऊ जान्दथ्यो आफ्नै
कामकाजी आरन चलाउन
विलास बिर्सिएर ऊ
धैर्यतामा धन्मगाउदै
आफ्ना चालका चापहरु
कहिले उत्तरायण गर्थ्यो त
कहिले दक्षिणाय रेखा चियाऊँथ्यो
बोकेर हजारौंको भार ऊ
निस्फिक्री हलुको हुन्थ्यो
कथा-व्यथा आफ्नो र अरु धेरैको
जानेर अन्जान थियो
संघर्षको यो महासंग्राममा
अविजेता बनेन कहिले ऊ
कुण्ठा-कलुषितता नपाली
जीवन चिन्नु साहसी
कर्मवीर योद्धा थियो
नैतिकवान मानव देव थियो
आफ्नै परिभाषा भित्रको
काबिल कामी थियो ।
आफ्नै परिभाषा भित्रको
काबिल कामी थियो ।

– नुवाकोट (हाल: मनमैजु, काठमाडौ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.