गजल : नदेखेको धेरै भयो

~सतिस भट्टराई~

कस्तो भयो होला मेरो गाउँ , नदेखेको धेरै भयो
बाझै होला है खेत वारि , नजाेतेकाे धेरै भयो।

म घर छदानै चुहिने छानो , नटालेको के भयो
भिता भरि जरा पलाए होला, नउखलेको धेरै भयाे।

हुने सक्ने तराई तिर झरे , नसक्नेको के भयो
बुढा बाबु लाठी टेक्ने भएरे , नभेटेको धेरै भयाे।

व्याज पनि स्याज हुन्न लागेछ , नतिरेको के भयो
आमा को हातको मिठो भात, नखाएको धेरै भयाे।

भनेले भन्दछन् जापान पो छस् , नकमाएको के भयो
जान्न भन्दा फर्कन गाह्रो विदेश , नफर्किएको धेरै भयाे।

सतिस भट्टराई
TOKYO JAPAN

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.