~रबिन पुरि~
बाहिरी रुप हेर्दा सबै , चाला पनि एकै !
हात , मुख , टाउको र शरीर सबै उस्तै उस्तै !!
आँखाको नानी देखी , माया गर्ने बानी !
रिसाउने , हसाउने अनी खेलाउने तिम्रो बानी !!
हिंडाउने र समाउने लाग्छ अझै पनि ,
भावना र कल्पनामा उम्लिएकी उनी !!
तर पनि सोंचाइमा धेरै फरक फरक !
गराइ र बुझाईमा पनि अलग अलग !!
रोजाइ अनी हेराइ त्यसमा पनि रहर !
मुट्टु र कलेजोमा पनि भएछ अन्तर !!
के सोच्छ दिमागले किन भयो फरक ?
के बोल्छ मुखले यस्मा पनि प्रहर !!
के भनेर बोलाउ म छैन कुनै ठाउँ ?
कुन हकले सोधु म के हो तिम्रो नाउ ?
भय सम्म नाम देउ , नभय मलाई सम्झादेउ !
मैले कतै बिसिएकी फेरी पनि बुझाईदेउ !!
न त म देख्छु रुप र प्रकार !
बादल र पानीको छैन कुनै आकार !!
सप्तरग्ङी रङ अनी बसन्तको मौसम !
गंगाको जल जस्तै , मन तिम्रो कन्चन !!
रिसाएको र हसायको होकी कस्तो कस्तो ?
मनको भाषा मनले बुझिसके जस्तो !
पढिरहेछु जीवनलाई हरेक मोडमा !
यस्तै छ सहयात्रा बिम्ब प्रतिबिम्ब !!
रबिन पुरि
हाल Ras Al khaimah ,UAE
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )