गजल : परेलीमा गाजल पठाउँछिन्

~अनुपम ‘नवोदित’~

भिजेको यो परेलीमा गाजल पठाउँछिन्
शिशिरमा वसन्तको आँचल पठाउँछिन्

घुर्मैलो गोंधूलीमा लोलाउँदै गर्दा
अनयासै सोरठी र मादल पठाउँछिन्

सूनको डल्लो कर्णालीमा भोकमरी लाग्दा
अध्यक्षको सिफारिसमा चामल पठाउँछिन्

चर्को घामको रापतापले जलाउनै लाग्दा
छाता जस्तै कालो कालो बादल पठाउँछिन्

कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.