गीत : म अम्बर हुँ तिमी धर्ती

~अम्बर गुरुङ~

म अम्बर हुँ तिमी धर्ती
लाखौँ चाहे पनि हाम्रो
मिलन कहिले नहोला
म अम्बर हुँ तिमी धर्ती

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुर सङ्गम
आबेगले म झुक्दा तिमी उठेकी एकदम
तर लाग्दछ त्यो क्षितिज न त्यो मधुर सङ्गम
म अम्बर हुँ तिमी धर्ती

युगयुगको तृष्णा हाम्रो कहिले न तृप्त होला
युगयुगकै गाथा हाम्रो धड्कन चिरिरहला
खाक पारेर पनि ज्वाला जलिरहला
म अम्बर हुँ तिमी धर्ती

शब्द, सङ्गीत तथा स्वर : अम्बर गुरुङ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.