गीत : म पनि त मानिसै हुँ

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाहीँ रुन हाँस्न मन लाग्छ
मलाई पनि अरूलाई झैँ माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ ……….

तिम्रो बोली सुन्दाखेरि रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो विश्वास शहाराझै लाग्छ मलाई
तिमीले हात बढाउँदा थामिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ……………

तिम्रो हाँसो तिम्रो आशु आफ्नै ठानिसके मैले
तिमीलाई जीवनभरको साथी मानिसके मैले
तिमी झुक्दा अँगालोमा बाँधिदिन मन लाग्छ
म पनि त मानिसै हुँ …………….

शब्द: रत्नशम्शेर थापा
सङ्गीत: प्रेम-माणिक
स्वर: माणिकरत्न

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.