~धर्मराज थापा~
(कालीपारी दाइ कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी)x2
हातभरी ठेला उठे, जोर कोदाली खन्दा
जुनी मेरो यसै बित्यो, भेट होला कि भन्दा
बाढी आयो काली गङ्गा, कुनाकानी ठेल्दै
हजुरलाई भेट्न भनी, आको म त खेल्दै
(कालीपारी दाइ कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी)x2
शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता
मन त मेरो दोमन भयो, यता जाऊँ कि उत्ता
खेतीपाती नै नहुने, ठूलो रुख मुनि
मनको कुरा मनमै रहने जैलेसुकै पनि
(कालीपारी दाइ कति राम्रो
ढाका टोपी काँधैमा गलबन्दी)x2
रचना : धर्मराज थापा
सङ्गीत : नातिकाजी
स्वर : तारादेवी
एल्बम : तारादेवीका आधुनिक गीत