~कृष्णहरी बराल~
कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी
आँखामा देख्छु जादु सुवास छ कालो केशमा
छल्केको देख्छु भाव नयाँ कोमल ती तिम्रा ओठमा
कुन कालिगढले कहिले बनायो कसो गरी
कुन देशकी चरी हौ…………..
………………………………….
रात नै उजेलो हुन्छ तिमीले घुम्टो खोलिदिँदा
तड्पिन्छ लाखौँ मुटु तिमीले मस्केर बोलिदिँदा
यस्तो अपूर्व रूप भन पायौ कसोगरी
कुन देशकी चरी हौ…………..
शब्द : कृष्णहरी बराल
सङ्गीत : राम थापा
स्वर : हिक्मत माली