कथा : लखन दाजु

~नुम नाथ प्याकुरेल~

विहान उठेर सुचि हुँदै गर्दा, निरुले फोन गरेर गणेश स्थानमा रिजर्भ हायस माइक्रो बस लागिसकेको छ, झट्टै तयार भएर निस्कन भन्यो। करिव हप्तादिनको विदाको सदुयोग गर्ने उपयुक्त अवसर सँम्झदा मन त्यसै फुरङ थियो। यात्रामा समकालिन साथीहरु लक्ष्मी र शितल पनि थिए। झट्पट आवश्यक सामान झोलामा राखेर परिवारका सदस्यसंग बिदा लिई, घर बाट निस्किएँ। गणेश स्थान नपुग्दै निरु र शितलको घर पर्ने भएकाले, दुबैलाई बोलाउँदै, सँगै लिएर चौतारीमा पुग्दा यात्राका सहयात्रीहरु सबै जना आइपुग्नु भएको भएर, हामी गाडीमा पुगे लगत्तै, गाडी छुट्यो। यात्राको अन्तिम तर महत्वपूर्ण सहयात्री प्रकाश स्वंयम्भूमा बस्ने भएकाले रिङरोडै रिङरोड गाडी स्वयम्भू तर्फ हुँइकियो प्रकाश गाडीमा चढे लगत्तै गाडीले गन्तब्य तर्फ अघि बढ्यो।

बालाजु पुगेर रिङरोडको बाटो कलंकीतिर लम्कदा, धुलाम्मे बाटो, गाडीको भिड यात्राको सुरुवात खासै शुभ थिएन। कलंकीबाट नागढुंगा सम्मको बाटो चौडा गर्न भत्काएको भएर यात्राको त्यो खण्ड पनि उति रोमान्चित रहेन। नागढुंगाबाट अगाडि बढ्दा सम्मका दृष्य सधैंजसो हिँडिरहिएको, देखिरहेको र चिनिरहेको भएर होला, झ्यालबाट देखिने दृष्यले खासै अकषर््ाण गरेनन्।

जब नौबिसेबाट टिस्टुङपालुङको उकालो लागियो, बाटो अलि सांगुरो बिग्रिएर खण्डहर भएको, खाल्टैखाल्टा भएको र धुलाम्मे भएकाले साथीहरुको आग्रहमा सबैले झ्याल बन्द गरे र मेरो सिटको झ्यालमा निरू बसेकाले उसले पनि झ्याल बन्द गर्यो। करिब १८(२० किलोमिटरको यात्रा पुरा गरेपछि, अचानक चिसो बढे जस्तो भयो, सडक पनि अलि सफा देखिएकाले सबैले झ्यालको पल्ला खोले, निरूले पनि खोल्यो। हामी उकालो चढ्दै रहेछौं, सल्ला र धुपीका रुखहरु सडकको दुबै किनारमा बाक्लै देखीन्थे। गाडीको आवाजले होला, चराचुरुङीको आवाज त सुनिदैन थियो तर रंगिबिरंङी चराचुरुङी उडेका दृष्य आकासमा मानिसले प्याराग्लाईडिङ गरेजस्तै गोता लगाएका दृष्यहरु मनमोहक थिए। निरू गाडीमा बसे देखिनै, राजनीतिका बेथितिका, गलत प्रतिमानका कुरा तथा चक्रब्यूहबाट निश्कन सकिने उपायका बारेमा कुरा गर्दै थियो। म अँअँ भन्दै थिएँ तर उसका कुराले मलाई खासै आकर्षण गरिरहेको थिएन। झ्यालपट्टि ऊ भए पनि मेरो ध्यान सिटमा ढल्कदा झ्यालबाट देखिने प्राकृतिक दृष्यतिर थियो।

यतिकैमा गाडी मूल बाटो छोडेर, देब्रेपट्टि मोडियो। चिया नास्ता गर्नलाई रहेछ, नजिकैको हिमालयन रिसोर्टको गेटमा हामीलाई झारेर, गाडी पार्किङ पट्टि मोडियो। यात्राका सहयात्रीहरू गाडीबाट झर्न आत्तिएको जस्तो गरेकाले हाम्रो सिटभन्दा पछाडिका सहयात्रीहरुलाई पहिला झर्न दिएर निरु र म एकैछिन् सिटमै बसि रहयौं। अगाडि क्याबिनमा बसेका प्रकाश, लक्ष्मी र शितल पहिलै बसबाट झरेर, रिसोर्टका सुन्दर दृष्यलाई आफ्नो पृष्ठभूमिका पारेर थुप्रै फोटो खिच्न भ्याइसकेका रहेछन्। हामी झरेपछि उनीहरुको आग्रहमा हामीले पनि जानि नजानि एक दुईवटा पोजमा फोटो खिचिउँ र नास्ताका लागि रिसोर्ट छिरेउँ। हामी ५ जनाको रोजाई रिसोर्टको पछाडिको बगैँचा बन्यो र पल्लो पहाडको डाँडा, भिर, पाखा, बेंसी र खोलाको दृष्य हेर्दै आआफ्नो रोजाईको खाजा खान बसेउँ।

बाहिर आकाशमा सानदार गोता लगाउँदै दुईवटा चिल आए, नागबेली उडान गरिरहेका चिल अव कता जालान्? के गर्लान्? कहिँ बस्लान्? या चमत्कारिक उडान गर्लान्? सोच्दासोच्दै म एकोहोरिएँछु। खोला सुसाएको हाम्रो टेबल सम्मै सुनिन्थ्यो, पल्लो डाँडामा झाङगिएका रुख, बनस्पती हरियो कार्पेट ओछ्याएको जस्तै सुहाएको थियो। बनै ढाकेका कति बनस्पती बहुउपयोगी जडिबुटी होलान्। कति काष्ठ उधोगका लागी उपयुक्त रुख होलान। कति कागज र हस्त कालाकृति निर्माण गर्न उपयुक्त पातपतिङगर तथा बनस्पती होलान।

त्यसै बनमा रंगीबिरंगी चराचुरुङी बस्दाहुन्, साना तथा मझौला सुन्दर जनावर दौडदा हुन्। कति पुतलीले बन सिंगारेका होलान्, किरा फट्याङराले वातावरण संतुलन गरेका होलान। ओहो कति सुन्दर होला त्यहाँको संसार। शितलले ए मिस्टर भनेर मेरो आँखा अगाडि हात हल्लाउदा म झस्किएँ। केहि नभएको जस्तो गरेर, के गर्छे यसले भन्दै स्वाँङ पारँे। उसले, मम खानु पर्दैन? सेलाईसक्यो त! भनेपछि चाहिँ अव मेरा कुनै स्वाङले काम नगर्ने देखेर होला सवै जना खित्का छोडिछोडि हाँस्न थाले। हाँस्दै गर तिमीहरू भनेर म चाहिँ कपाकप ममका डल्ला फोड्न थाले। यतिकैमा यात्रामा अघि बढ्ने संकेत गर्दै हाम्रो यात्रा सहयोगी सबैलाई वोलाईरहेको भएर अब अलमल गर्नु हुन्न भन्ने सम्झि सबै जना पुन सौच भई गाडीमा प्रवेश गरेउँ।

गाडीको यात्रा त्यति कष्टकर थिएन। यो पटक निरुलाई भनेर झ्यालपट्टि म बसें। रिसोर्टबाट निस्किए र अघि बढ्दाको केहि घण्टा बाक्लो मानव वस्ती थियो। त्यति ठूला, ढलान, आकर्षक घर, सुब्यवस्थित पसल र मानिसको बाक्लो चहलपहल नभएकोले स्वभाविक रुपमा ग्रामीण ईलाका हो भनेर अनुमान लगाउन सकिन्थ्यो। साना र मझौला घर भए पनि सुन्दर, सफा र चिटिक्क परेका घर भएका ले, त्यस्ता घरमा बस्ने मानिस पनि सुन्दर र सफा मनका होलान भनि अनुमान गर्दै गाडिकै गतिमा म पनि बहकिएको थिए यात्रामा देखिएका केहि दृष्य ठम्याउनै नपाउँदै ओझेलमा पर्दथे। साना र सामान्य घटनाले पनि मलाई आक्रषित पार्ने भएकाले मेरा लागि हरेक दृष्य रोमान्चित थिए। नजिकका दृष्य ठम्याउँन गाह्रो परेका बेला अलि पर क्षितिजका दृष्यले आकर्षित तुल्याउदथे।

अघिबढ्ने क्रममा एक पटक निरुको स्थिती हेरेँ उ त अघिनै कहिले भुस भइसकेको रहेछ। उठाएँ फेरि यसका राजनीतिक टिका टिप्पणी सुन्नु पर्छ भनेर, छाडिदिएँ, उठाइन। राजनीति मेरो पनि चासोको बिषय त हँुदै हो तर मलाई त्यस क्षण राजनीति भन्दा मनमोहक प्राकृतिक दृष्य महत्वपूर्ण लागेको थियो।

यात्राकै क्रम चलिरहेको थियो। गाडिभित्रका अन्य साथीहरु के गरेर रमाईलो गर्ने भनेर छलफल गर्दै गर्दा प्रकाश ले यौटा मुक्तक भन्छु भनेर तम्सियो। प्रकाश पनि रमाइलो भनेपछि हुरुक्क हुने खुल्ला दिलको भएकाले। खोकेर स्वर मिलाउदै मुक्तक सुरु गर्यो।

सफलताको उडान, तिमीले जब भर्यौ।
हेला गर्यौ गाउँघर, शहर डेरा सर्यौ।।
देख्दा सरल, रुप यौटा, सार अर्कै तिम्रो।
टेक्ने लौरो विर्सिएर जँघार अन्तै तर्यौ।।

जब प्रकाशले गजबको मुक्तक सुनायो, सबैको वाहवाहि पायो र सम्पूर्णको ध्यान उसमै केन्द्रित भयो। निरूको निन्द्रा पनि खुल्यो। सबैजनाको अर्को एउटा, अर्को एउटा, भन्नेको स्वर न थाके पछि प्रकाशले अर्को पनि एउट मुक्तक सुनायो।

मैले मनवाट, तिमीले दिमागबाट रोज्यौ।
म अगाडि थिए, तिमिले पछाडी खोज्यौ।।
जिन्दगिको यात्रा निरंतर अगि बढिरहँदा।
मैले जून रोजेँ, तिमिले तारा रोज्यौ।।

वाहवाह र अर्को एउटा मुक्तक भन्नेको स्वर अझै शान्त भएकै थिएन। प्रकाशले शितल तर्फ संकेत गर्दै, अझ राम्रो मुक्तक भन्ने मान्छे ओझेलमा परेको भने पछि, शीतल पनि उम्कन नपाउने स्थिति बन्यो। शितल पनि के कम, अघि सर्दै उसले पनि गजबको मुक्तक सुनाइ।

मनकी चरी प्रेम उसले पिन्जडामा कजाएकी छ।
नभनेरै, मनको दरवार भित्रबाहिर सजाएकी छ।
बाहिरबाहिर ठुस्केपनी मनैमनमा लजाएकी छ।
एकान्तमा उसलाई सम्झी अश्रुधारा बगाएकी छ।

शितलको मुक्तकको पनि उत्तिनै तारिफ भयो। वाह वाह, अर्को एउटा, अर्को एउटा भन्नेको स्वर गुन्जि रहेकै थियो। यात्राले अर्को मोड लिएछ। घन्टौ लामो एकान्त र घना जंगलको रात्री यात्रा सुरु गर्नु भन्दा पहिला गाडीका चालक र चालक दलका सदश्यले यात्रीलाई केहिक्षण तन्दुरूस्त हुन, सौच समय छुट्टाए। अरुसंगै, हाम्रो टिम पनि तन्दुरूस्तिका लागि गाडीबाट ओर्लियो।

सन्ध्या भएको थियो। अस्ताउन लागेको घामलाई ठूलो बादलले ढाक्दा, रातो साडीमा सजिएर स्यंम्वरका लागि सिंगारिएकी दुलही जस्तै सुन्दर थिईन। प्रकाशका किरणले पिताम्वर रंगमा सजिएको मण्डपको पृष्ठभूिममा संध्या र सूर्यको सामिप्यता अन्य बेलाको जस्तो थिएन। दुबै लाजले सर्माउँदै, पर्दा पछाडी खुशुखुशु मुसुमुसु गरिरहेको प्रेमलिला दुनियाँलाई खासै मतलव थिएन तर सन्ध्याको स्खलन, रात्रीको संकेत ठानेर चराचुरुङी आफ्नो गुणतर्फ लम्केको र जनावरहरू आआफ्नो बासस्थान तर्फ दौडेका दृष्यको सम्वन्ध भएझैं लाग्दथ्यो।

सडकको अर्को दिशामा ठुलो नदी, नदीमा साना तथा मझौला पनिजहाज, नदिको दुबै किनारमा खालखालका बनस्पती रोपेर हुर्काइएको बगैंचा, कोहि साँझको हिडाईमा, कोहि आरामदयी कुर्सीमा पल्टिएका, कोही युगल जोडी, कोहि मायाको अंगालोमा बांधिएका, कोही झुरुप्प गोलाकार रुपमा बसेका दृष्य मनमोहक थियो। सिरसिर चलेको चिसो बतास, नदीको एकनासको सुसाहट, क्रमैसंग ढल्किदै गरेको समय, प्रकृित देखि जिवित प्राणी सबैको जीवन गतिशील थियो। हामी केहिक्षण स्थिर थियौं। प्राकृितक दृष्य मनमोहक थियो। सारा दुनियाँ बिर्सिएर प्रकृतिमै रमाए पनि, अघाउने गरिको माहोल थिएन। सारा दुख, पीडा, तनव, झीँजो, हतार तथा व्यस्तता बिर्सिएर ध्यान मग्न भई प्रकृितमै लिन हुने मनको चाहना हुँदा हुँदै पनि, रात्री प्रखर नहुँदै गन्तब्यमा पुग्ने चटारोले, मुटुमाथि ढुंगा राखि अघि नबढि सुखै थिएन।

जब हामी अघि बढियौं, रात्री गाढा हुँदै गयो। दृष्य ओझेल पर्दै गए। सन्नाट छाउँदै गयो। छिट्टै गन्तब्यमा पुगि दिनभरिको थकान मेट्ने अभिलासाले मनमा कौतुहलता जाग्न थाल्यो। यता उता साथीहरुलाई हेरेँ, निरू सुतुवा मस्त निद्रामा थियो। प्रकाश कानमा ईयर फोन राखेर मनपर्ने गीत सुनिरहेको जस्तो देखिन्थ्यो। लक्ष्मी र शितल मोबाईलमा कैद गरिएका फोटा एकएक गर्दै हेर्दै हाँस्दै थिए। मेरा आँखामा पनि थकान भएर होला, गाडी भित्रको बत्तीको उज्यालोमा आन्तरीक दृष्यहरु मधुरा भएका। एकैक्षण त मै पनि भुसुक्कै भएछु।

करिव दुई घण्टको यात्रा पछि, हामी तराईको दुर्गम गाउँमा पुग्यौँ। गाउँमा लखन सोरेन र उनकी श्रीमती मिना सोरेनले हामीलाई स्वागत गरे। अर्कै परिवेश, बेग्लै भाषा, अलग्गै वेषभुषा, धर्म र संस्कृितक बिषेशता बोकेका हामीलाई हेर्न, टोलका थुप्रै मानिसहरु बाटाको दुईकिनारमा लामबद्ध लागेर बसेका रहेछन। गाउँ विभिदतापूर्ण रहेछ। धनि र गरिबका घरहरू प्रष्ट छुट्टिन्थे। छालाको रंग, नाकको आकार, आँखाको स्वरूप धेरैको बेग्लै देखिन्थ्यो।

बेला बितेपछि अबेर गरेर मिना भाउजुको हातको रात्रीको खाना खानबस्दा रात्रीको ९ बजिसकेछ। रैथाने भोजमा सजिवनको कलिलो पातको साग, फ्राई गरेको माछा, उसिना चामलको भात, टमाटर र पुधिनाको पिरो अचार ओहो बर्णन गरेरै साध्दे थिएन। खाना खाएर सुत्ने स्थानको बन्दोबस्त नहुन्जेल, लखन दाजुले मिठामिठा गफ गरेर भुलाउनु भयो। दाजुको लरबराउने नेपाली लवज सुनेर लक्ष्मी र शितलले खित्का रोक्न सकेनन् र पेट मिचिमिचि हास्न थाले। निरूले कुरो बुझेछ र मिना भाउजूले अफ्टेरो मान्नुहुन्छ भन्दै खुसुक्क चिमोटेर तिनीहरुलाई सम्झायो। यस्ता मौकामा निरू असाध्यै भरपर्दो मान्छे हो भन्नेकुरो सबैलाई थाहा थियो। केहिक्षणमै, मिना भाउजू आउनु भयो र हामी केटाखाल र केटी खाललाई एकएक ओटा सुत्ने कोठाको बन्दोबस्त गरिदिनु भयो। हाम्रा दुबै कोठामा एकएक अंङ्खरा पानी राखिदिएर भाेिल बिहान सबेरै भेट्ने निधो गरेर, हामीलाई आराम गर्न भन्नु भयो र वहाँ पनि सुत्न जानु भयो।

लक्ष्मीको मोबाईलमा अलाराम सेट गरेकी रहिछ। पल्लो कोठामा बजेको अलारामले सबै भन्दा पहिला मेरो निद्रा खुल्यो। घडी हेरें बिहानको ५ बजि सकेको रहेछ। सबैजना संगै उठ्दा सौचगृहमा भिड हुने ठानेर, सबैभन्दा पहिला आफूगएर, सौच भई, हात, मुख धोइ, एकैछिन जानेको योग गरेर आफ्नो कोठामा फर्कदा पनि कोही उठेका रहेनछन। त्यसै मौकामा एक पटक मोबाइलको डाटा अन गरेर फेसबुक अपडेट गरेँ।

एक पछि अर्को जना गर्दै सबै जना उठे। सबै जना सौच भैसके पछि, मिना भाउजुले चिया ल्याउनु भयो। सबैले चिया खायौं। चिया पिँउदा पिँउदै प्रकाशले भन्यो, लखन दाजु हामीलाई तपाईको गाउँ घुमाउने हैन त? लखन दाजुले लरबरिएको नेपाली लबजमा लौन अब जाउँ भन्नुभयो। घुम्न क्रममा सबैभन्दा पहिला लखन दाजुले आफ्नो आँगनमा भएको मझिथान देखाएर यो हाम्रो सन्थाल जनजातिको पबित्र धार्मिक स्थल भएको कुरा अबगत गराउनु भयो। वहाँ आफू टोलको मुखिया (मझिहडाम) तथा नाइकी (समुदायको पुजारी) भएको बताउनु भयो। सामान्य माटोको ढीस्को दुई चरणमा वर्गाकार आकारमा कालो माटोले लिपेर चिटिक्क पारेको र बिचमा मोटो काठको किलो माटोभन्दा अलिमाथि सम्म रहने गरी गाढिएको र त्यो आफ्नो जनजातिको प्रमुख भम्पड महादेव रहेको बताउनु भयो। यसका बापजुत, माराङबुरु, मोडेको, तुरेईकु, जाएरएरा, गोशाईएरा, हाप्डाम्कु लगायत भगवानको पुजा गर्ने र आफु प्रकृतिक पुजक भएको तथ्य बुझाउनु भयो।

त्यस पछि हामीलाई गणेश मन्दिर लैजानु भयो। ठूलो क्षेत्रफलमा फैलिएको मन्दिर, नाम मात्रै गणेशको सबै देबिदेवताका साना तथा मझौला मन्दिर, मुर्ति, सुन्दर कलाकृित, मिहिनेत गरेर सजाइएको बगैंचा, बगैंचामा रंगिबिरङी फुल फुलेका, फुलमा किसिमकिसिमका भमरा झुमेको दृष्य मनमोहक थियो। मन्दिरमा मानिसहरुको चहल पहल सुरु भैसकेको थियो।हाम्रो समुहका सबै साथीहरु हिन्दुहरु नै भएकाले सबै मन्दिर र देवी(देवताको शभक्ती दर्शन तथा अवलोकन ग¥यौँ मन्दिर परिसरबाट निस्कना साथ, लखन दाजुले संकेत गर्दै भन्नु भयो, उ त्यो चाहिँ बुद्व गुम्वा हो। करिव ५० मिटरको दुरीमा रहेके गुम्वामा करिव १०० जना पूर्णकालिन लामाहरु बसोबास गर्दा रहेछन्। सानो बुद्व स्तुपा, चैत्य र साना तथा मझौला बिहारहरु पनि रहेछन्। प्रसस्तै क्षेत्रफलमा फौलिएको गुम्बा कलाकृतिमा धनि र असाध्यै सफा भएकाले पनि थुप्रै मानिसहरू धेरै टाढाटाढ बाट पनि अवलोकन तथा दर्शन गर्न भनेर त्यहाँ आउनेकुरो, लखन दाजु बाट अवगत भयो। हामीले पनि उत्तिनै आस्थाका साथ गुम्बाको दर्शन र अवलोकन गर्यौँ।

लखन दाजुसंगै गाउँ घुम्नेक्रममा निरुको सल्लाह बमोजिम लोकल चिया पसलमा चिया खान बस्यौँ। दाउरा बालेर उभीएर पकाउन मिल्ने अग्लो चुलोमा चियापकाएको दृष्य हामी सबैलाई अनौठो थियो। चारैतिर आमुन्ने सामुन्ने मिलाएर राखेका बेन्चमा टुक्रुक टुक्रुक बसेर आमुन्ने सामुन्ने भई चिया खादाको सहृदयता चाखलाग्दो थियो। हामिलाई नौलो ठानेर होला, चिया पसलमा जम्मा भएको जमात हामीलाई हेर्दै खुसुखुसु गरिरहेका थिए, हामीले कसैलाई ध्यान दिएनौं। चिया खाएर अघि बढ्ने क्रममा गाउँलेको आत्मियता, प्रेम, जिज्ञास, कौतुहलता र हामी प्रतिको चासो देखेर हामी प्रफुल्लित भयौं।

फर्केर पुन हामी, लखन दाजुकै घर पुग्यौँ ।लखन दाजुको घर अगाडि ठुलो माछा पोखरी रहेछ। पोखरीको डिलमा दिवाकालिन आराम गर्न बनाईएको सानो टहरो र आराम गर्नका लागि डोरिबाट बुनिएको खटिया अचम्म मानेर, निरू हतार हतार बस्न अघि सरेर बस्यो। आमुन्ने सामुन्ने भइ बस्न नमिल्ने भएका ले निरु र प्रकाश खटियामा बसे। खटियाको क्षमता ख्याल गरेर म, लक्ष्मी र शितल चाहिँ पलास्टिकका कुर्र्र्सीमा बस्यौँ। लखन दाजु पनि हामीसंगै, कुर्सी मै बस्नु भयो। गाउँ घुमेर हामी घर आइपुगेको संकेत बुझेर मिना भाउजू पनि त्यहिँ आउनु भयो। लखन दाजुलाई संकेत गर्दै, काठमाण्डौ देखि तपाईलाई भेट्न आउनु भएको सरहरुलाई आफ्नो पोखरीको माछा खुवाउनुहुन्? लखन दाजु जुरुक्क उठ्नु भयो र घर गएर हातले फाल्न मिल्ने जाल लिएर आउनुभयो।

दुई पटकको कोशिसमा हामीलाई पुग्नेगरी माछा समाउनु भयो लखन दाजुले। लखन दाजुसँग जाल मागेर प्रकाशले पनि जाल फाल्ने कोशिस ग¥यो तर सफल भएन। निरुले पनि कोशिस गर्यो। जाल फाल्नुभन्दा पहिला आफ्नो टाउको वरपर घुमानेक्रममा जालमा अल्झिएर निरु लड्यो। लक्ष्मी र शितल पेट मिचिमिचि हाँसे। हामीले पनि हाँसो रोक्न सकेनाँै। निरु लाज पचाउँदै उठ्यो र लड्दा लागेको धुलो आफ्नो कपडाबाट टक्टकायो। मेरो पनि हालत त्यहि हुन्छ भनेर, मैले चाहिँ कोशिस नै गरिन।

लक्ष्मी र शितल मिना भाउूुलाई भान्सामा सघाउन गए। हामी लखन दाजु संग सहृदयी कुरा गर्न व्यस्त भयौं। लखन दाजुले आफ्नो जातिको उत्पति, उत्थान, चाडपर्व र संस्कृति र संस्कारका बारेमा बताउनु भयो। हामी मन्त्रमुघ्द भएर सुनिरहयौँ। जब हाम्रो बोल्ने पालो आयो, हामिले पारिवारिक प्रेम, छोराछोरीको पढाई, नैतिकता, ईमान, जमान, सद्भाव र सहृदयता कायम राख्ने सल्लाह दियौं। छालाको रंग, आँखाको स्वरुप तथा नाकको आकारमा भेद कहिलै खोज्नुहुन्न। “स्वघर्मे निधनं श्रेयस् परधर्मो भयवह,“ भौतिक सम्पतिको लोभमा विधर्म अपनाउनु भन्दा आफ्नै धर्मचरणमा मर्न बेस। आफ्नो धर्म, संस्कृति, मुल्य, मान्यता अभ्यास गरिरहेर पनि अन्य धर्म, संस्कृति, मुल्य, मान्यता संग सद्भाव तथा सहृदयता कायम राख्न सकिन्छ। तर मर्नु प¥यो भने पनि आफ्नो धर्म पालन गर्दागर्दै मरे मोक्ष प्राप्त हुन्छ।

फुट्न सजिलो छ, फुटेर पनि नजुटि उपाय छैन भने वर्षौंदेखि मिलेर बसिरहेका हामीलाई कोहि आएर एकअर्का बिरुद्ध भड्काएर घृणा, हिंसा, द्वेश तथा व्यभिचार गर्न सिकाउलान, ति विधर्मी हुन। विधर्म पालन गर्ने कार्य भयावह हुन्छ। तिनका कुरामा कैहिलै नपर्नु। छोराछोरीको अलि केहिदिन बिदा हुँदा, काठमाण्डौ घुमाउन ल्याउनु, हाम्रा परिवारका सदस्यहरुसंग सहृदयता कायम राख्न सल्लाह दियौं।

त्यति कुरा गरिसक्दा बिहानको खाना खाने समय भएछ। मिना भाउजुको हातको रैथाने भोजनको स्वाद जिब्रो र हृदयमा स्मरण गर्दै संगै बसेर भोजन गरियो। लखन दाजुको महिनौको आग्रह बमोजिम वहाँको निमन्त्रणा ग्रहण गरि पुन आप्नो कर्मथलो फर्कने बेलाको क्षण अलि भावुक रह्यो। मिना भाउजु अलि कोमल दिलको हुनुहुदो रैछ, हामि जाने भन्ने थाहापाए पछि आँखाभरि आँसु परेर सुँक्क सुँक्क गर्न थालन्नु भएको थियो, लक्ष्मी र शितलले सम्हाले। लखन दाजुलाई सहृदयता मर्न नदिनु भन्दै ढाडस दिँदै, लखन दाजु र लक्ष्मीपुरको सम्झना मनमा संगाल्दै हामी काठमाण्डौ फर्कियौं।

बर्षा सकिएर शिसिर ऋतु शुरुहुने तरखर थियो। तराईमा शितलहरको प्रकोप बाट बच्न मानिसहरु मानसिक तयारि सुरु गर्दैथिए। निम्न मध्यम परिवारको लखन दाजुको परिवारलाई खानलाउनको समस्या नभएपनि त्यस बर्षको जाडोमा छोराछोरीलाई जोगाउने कुरो चानचुने थिएन। जाडो छल्न वहाँले प्रशस्तै तयारी गर्न बाँकी थियो। साठीलागेका बुबा, करिव त्यस्तै उमेरकी आमा, नावालीग छोराछोरीलाई जाडोका लुगा किन्न बाँकि नै थियो। छोराछोरीको महिनाहरु बिदा भएको र तिनिहरुले काठमाण्डौ नघुमेको र काठमाण्डौका साथिहरुको निमन्त्रणा पनि वहाँले त्यतिनै बेला सम्झिनु भयो र खुसुक्क आफ्नि श्रीमती संग छोराछोरीलाई काठमाण्डौ पनि घुमाउने, आमाबुबा, श्रीमती तथा सम्पुर्ण परिवारलाई पनि जाडोका सामाग्री खरिद गर्ने बिषयमा छलफल गर्नु भयो। श्रीमतीको सल्लाह बमोजिम भोलिपल्ट नै, छोरा र छोरीलाई संगै लिई लक्ष्मिपुर बाट नाईट गाडि चढेर काठमाण्डौको यात्रामा निस्कनु भयो।

यात्रा सुर गर्नु पुर्व साँझ वहाँको मन काठमाण्डौ र हामी सहृदयी मित्रहरूमै थियो। भाउजुले माछाका सिद्रा, मासको मसेउरा, आंपको अचार र एकएक वटा गम्चा उपहार हामि पाँचै जनालाई छुट्टाछुट्टौ, जुन जसलाई पनि दिनमिल्ने गरि राखिदिनु भयो। छोराछोरीहरु पनि काठमाण्डौ जान पाउने भएपछि उमङले खुट्टा त्यसै भुइमा थिएनन्। धेरैदिन नभुल्नु, घरको काम तपाईलाई थाहै छ, तीन दिनमा सवै संग भेटघाट पनि गर्ने र आफ्नो काम पनि सकेर फर्कनु भनि लखन दाजुलाई बिदा गर्नु भयो। घरबाट निस्कदा, आमाबुबा र मझीथानमा ढोगेर निस्कँदा दिउँसोको ४ बजेको थियो। एउटा एउट साना झोला छोराछोरीलाई थमाएर, अलि गरुङगो झोला चाहीँ आफैं बोकि यात्रामा निस्कनु भयो।

धोक्रियामुनी, सिसवनी, रामजानकी चोक हुदै चन्द्रनिगाहापुर आईपुगेपछी चिया नास्ताकालागी गाडि रोक्यो। लखन दाजुले छोराछोरीलाई केहि खाजा खान्छौ कि, भनेर सोध्नु भयो? केहि नखाने, घरबाटै आमाले बनाईदिएको परौठा खाने भनेर जवाफ दिए। ल, परौठा नै खाने भएपनि गाडि बाट एकै छिनलाई ओर्ल, दिसा पिसाब जाउला, हात मुख धोउला, गाडि बाहिर मेचमा बसेर परौठा खाई, तन्दुरुस्त भएर फेरी गाडिमा चढौँला भनेर बोलाउनु भयो। छोराछोरीले बुबाको करा बुझेर गाडिबाट झरे र सिकाए बमोजिमै सबै कार्य गरे।

परौठा खाईनसक्दै गाडिले हर्न बजायो। छोराछोरी आत्तिए। आत्तिनु पर्दैन, गाडि घुमाएर पर्खन्छ। छिटो गरेर गाडिमा चढ भनेको संकेत बमोजिम हर्न बजाएको हो। छोराछोरीहरूले खाजा खाए पछि हातमुख धोएर पुन आआफ्नो सिटमा गएर बसे। छोराछोरीको लागि अगाडिका दुईवटा र आफ्नोलागि त्यसकै पछाडिको एउट सिट रोजेका थीए। अगाडि बसेका छोराछोरीको खुशी वहाँका लागि अनमोल थियो। एकै छिन ध्यान दिएर तिनिहरुका कुरा सुन्नु भयो। दिदिले भाईलाई सोधि, काठमाण्डौको कुनकुन ठाउँको बारेमा तलाई थाहा छ? भाईको जवाफ थियो, पशुपतीनाथ, एयर पोर्ट, रानीपोखरी, चिढियाखाना र स्वँयम्भू। मलाई त अझै धेरै ठाउँ थाहा छ। राष्ट्रिय सँग्राहलय, हनुमान ढोका, पाटन, भक्तपुर दरवार स्क्वायर, बौद्धनाथ, नारायणस्थान, बलाजु बाईसधारा, चांगुनारायण, नारायणहिटी दरवार संग्राहलय आदी। छोराछोरिका यति धेरै जिज्ञासा एक हप्ताको काठमाण्डौ बसाईमा कसरि पुरा गर्न सकौंला, लखन दाजु मनैमनमा सोच्न थाल्नु भयो। यात्रा अघि बढिरहँदा, सांझ झमक्कै पर्यो। छोराछोरी भुसुक्कै निदाएछन्। मिना भाउजुलाई एक पटक फोन गरेर, घरको स्थिति बुझेर, लखन दाजु पनि निदाउनु भयो।

बिहानको ५ बजेको रहेछ। दाजुको निन्द्रा खुल्यो। बिहानी तन्दुरुस्तिका लागि गाडि रोकेको रहेछ। छोराछोरीलाई उठाउनु भयो। तिनै जना सौच भई, एकैछिन बाहिरै टहलिए। चिया खाने बुबाको प्रस्ताव छोराछोरीले अस्विकार गरेपछि, उनले पनि मन गरेनन्। त्यतिनै बेला उनले काठमाण्डौका सहृदयी मित्र प्रकाशलाई फोन गरे। प्रकाश स्वयँभू रिङरोड नजिक घर भएकाले स्वागत गर्न सजिलो थियो। कलंकीमा थुप्रै मानिस झर्ने भएकाले केहि क्षण गाडि रोकिन्छ। त्यहाँ आउना साथ मलाई फोन गर्नुभयो भने म रिङरोडमा निस्कन्छु। स्वँयम्भू चोक, गौतम बुद्ध भगवानका तीनवटा ठुला मुर्ती नजिकै ओर्लनु, म त्यहिँ हुन्छु, भनेर प्रकाशले फोन राख्यो।

फोनमा सल्लाह गरे बमोजिम नै, कलंकी आएर लखन दाजुले फोन गर्नुभयो, गाडि एकै छिन अडियो र अघि बढ्यो। लखन दाजुले, खलासीलाई गाडि स्वयँभू चोकमा रोकिदिन आग्रह गर्नुभए बमोजिमनै, गाडि रोकियो। तिनैजना गाडिबाट ओर्लिए, प्रकाश ले गाडिको नाम यादगरेको भएर चनाखो थियो। सबैको भेट भयो, ढोगभेट चल्यो र प्रकासको घर तर्फलागे। प्रकाशको घरमा पुगेर सबैचन सौच भए, बुहारीले सुख्खारोटी र दुधको बिहानीको खाजा सबैलाई दिनु भो। छोराछोरीले मन पराउछन भनेर बुहारीले रोटिमा मह राखिन। छोराछोरी आराम गर्लान भनेर, प्रकाशकि छोरि कृतिकाले दुबैलाई पाहुना कोठामा लगेर सुत्न आग्रह गरिन्। यतिकैमा लखन दाजुले आफ्नो झोला खोल्नुभयो र मिना भाउजुले पठाउनु भएको उपहारका पाँचै वटा पोक सरिता भाउजुलाई जिम्मा लगाउनु भयो। थाकेर आएका छोराछोरी ओक्षानमा पल्टेलगत्तै भुसुक्कै निदाए। प्रकाश आफैले फोन गरेर मलाई, निरूलाई, शितल र लक्ष्मिलाई फोन गरेर लखन दाजु घरमै आईपुग्नु भएको र हरेकलाई उपहार पठाउनु भएको खबर पनि सुनायो। लक्ष्मिपुरमा मिना भाउजुलाई फोन गरेर लखन दाजु र छोराछोरी आराम कुशल काठमाण्डौ आइपुगेको र छोराछोरी दुध र दुईदुई वटा रोटि खाएर आराम गर्न भित्र गएको खबर पनि सुनायो।

त्यति कुरा भएपछी प्रकाश र लखन दाजु टिभीमा समाचार हेर्न गए, सरिता भाउजुलाई कृतिका छोरीले भन्सामा सघाई। समाचार हेर्ने क्रममा जनकपुरमा मधेसी मोर्चा र एमाले कार्यकर्ता बिच घमासान भीडन्त भएको खबर थियो। हाताहाती कोहि नभए पनि दुबैदलका दर्जन बढि कार्यकर्ता घाईते भएर जनकपुर अञ्चल अस्पतालमा भर्ना भएको समाचार दुबैले चाख दिएर हेरे। अर्को समाचार पर्वत जिल्ला कुस्मा नगरपालिकाको चाँदनि चोकमा नेपाली कांग्रेस र माओबादी केन्द्रका बिधार्थी नेतृत्व बिच खुकुरी हानाहान र दुबैदलका गरि ६ जना कार्यकर्ता अस्पताल भर्ना भएको समाचार हेर्दै गर्द, प्रकाशले लखन दाजुको मुहारमा ट्वाल्ल हेरेर सोध्यो, दाजु कस्तो लाग्यो त आजका प्रमुख समाचार? वाइयत लाग्यो, भागवण्डा र लेनदेन मिले पछि सिंहदरवारमा तिनका शिरशर्थ नेतृत्व प्रणयको लगनगाँठो कस्छन, निर्दोष सर्वसाधरण नेपाली युवालाई घृणा, हिंसा र द्वेशको बिष पान गराई लडाउँछन्, बेसरमहरु।

दाजु तपाईलाई कस्तो लाग्छ। मधेसको आवाधी पातलो भएर, जाति, जनजाति, भाषिक तथा संम्प्रदायीक समुहहरू अझै सानासाना टोलमा संगै बसिरहेका छन्, यो सहरलाई हेर्नुहोस? के मधेसी, पहाडी, मैथिली, भोजपुरी, थारु, मगर, गुरुङ, नेवार, सन्थाल, राजवन्सी…जुनसुकै जाति जनजातिका आआफ्ना टोल र झुण्ड छुट्टिन्छन्? सयौं बर्षदेखि संगसंगै मिलेर बसेको, चाडपर्व तथा रिति रिवाजमा एकअर्कालाई निमन्त्रणा गरेको र सहृदयता साटेको ईतिहास हो। यौट सन्थाललाई दुख पर्दा अर्को व्राह्मण छेउमा उभिएर सकेको सहयोग गर्ने, यौटा राईलाई आपत पर्दा अर्को थारु समिपमा उभिएर परेको बेहोर्ने…वसुदैब कुटुम्वकम हाम्रो सांस्कृति पहिचान हो। आधुनिकताका नाममा एकपछि अर्को गलत प्रतिमान स्थापित गरिरहेका छौं। हामी गुफामा बसेर, प्रतिबिम्वलाई बस्तु ठानेर मख्ख परेर बसेका छौं। गुफा बहिरको संसार ज्योतिर्मय, ज्यजल्यवान र स्वाभिमानी छ। हामि एक अर्काबिच कृतिम दुरि निर्माण गरि सम्वन्ध र अन्तरकृया रोक्दै छौँ। हामि मध्ये कोही, यो कालकोठरी गुफा बाट बाहिर निस्केर चम्किलो प्रकासमा वास्तविक बस्तु पहिचान गरेर, पुन हामिलाई उद्धार गर्न आउँछन्। हामि तिनलाई पत्याउँदैनौ। तिनको उल्टो खेद्छौँ, कुरा काट्छौँ, तिनका बिरुद्द गुटबन्दी गर्छौं। धमिलो प्रकासमा सहि र गलत छुट्याउन नसक्ने भएका छौं। आफ्नै अंगको कस्तुरी चिन्दैनौ र अरुका शरिरको गन्ध सुङदै हिड्दैछौं। लखन दाजु ले सहमति जनाउनु भयो। सरिता ले खाना तयार पारेर, सबैलाई खाना खान बोलाईन। आराम गर्न गएका छोराछोरीलाई कृतिकाले बोलाईन। लखन दाजु र प्रकाश पनि खाना खान उठे। खाना खास विषेश केहि थिएन तर सरिता बुहारिको प्रेम र सहृदयता मिसिएको भएर बिशेष थियो। खाना खाएर सरिताले भान्सा सफागरुन्जेल सबैजना संगै बसेर भलाकसारी गरे।

भान्सा बाट निस्कँदा सम्ममा निरू, शितल र लक्ष्मि पनि प्रकाशको घर पुगे। मेरो व्यस्तताका कारण म पुग्न एकैछिन ढिला भयो। म पुग्ना साथ सरिताले मिना भाउजुको उपहार सबैलाई बाढ्नु भयो। हामि सबैले वहाँ प्रति कृतज्ञता ब्यक्त गरिउँ।परिक्षा भर्खर सक्किएको भएर कृतिकाको बिदा थियो। कृतिकाले लखन दाजुका छोराछोरी लुखिराम र दिब्या सोरेनलाई लिएर स्वयंभू घुमाउन लगिन्। सरिता भाउजुको स्मार्ट फोन लिएर गएकि भएर फोटो खिच्न खाँचो भएन। स्वयँम्भू घुमि सकेपछी नजिकै रहेको राष्ट्रिय संग्राहलय पनि घुमाईदिई। बाटामा तीनै जनाले आईसकृम खाए। लुखिराम र दिब्या असाध्यै रामाए। पोजपोजका फोटो खिचे। साँझ पर्न लागेको भएर उनिहरु घर फर्के।

लखन दाजु, भोलि बिहान मेरोमा जानु पर्दछ। म बिहानिको हिडाई गर्दै तपाईलाई लिन आउँछु। लखन दाजुले स्विकृती जनाउनु भयो। प्रकाश र सरिता संग बिदा मागेर, मिना भाउजुको उपहार साथै लिएर म पनि गृह प्रस्थान गरें। साँझ अबेर सम्म प्रकाश र लखन दाजु खासखुस गरिरहे। मधेसमा जातिय घृणा, हिंसा, मानवअधिकार उलंघनको दैनिकी, अन्तरदलिय द्वेष, पहाडी समुदायको बहिस्कार लागायतका वृतान्त सबिस्तार लखन दाजुले सुनाउनु भयो। प्रकाशले किन्चित हरेस नखानु, र आत्मविश्वास कायम राखि सद्भार र शहृदयता भंग हुन नदिन आफुले गर्न सक्ने प्रयत्नमा कमि नल्याउनु। सरकार बाट सामाजिक राजनैतिक अवसर र आर्थिक सुबिधाको ठुलो भाग प्राप्त गरी सत्ता आरोहण निश्चित गर्न दल र दलिय नेतृत्वले यति ब्यभिचार, गैर जिम्बेवार र आत्मघाति निर्णय पनि गर्न सक्छन् हाम्रा राजनीतिक दल र दलका नेतृत्वले। लखन दाजुले प्रकाशका कुरा हृदयदेखिनै ग्रहण गर्नुभयो र अवेर गरेर दुबै जना आआफ्नो बेडरुममा सुत्न गए। लखन दाजुको सयन कक्ष लुखिराम र दिब्या संगै ब्यवस्था थियो। उनिहरू पहिलै निदाई सकेका भएर, दिनभरिको घटना सोद्धन पाउनु भएन लखन दाजुले।

बिहान उठेर सौच भएपस्चात सरिताले चिया तयार गरिन्। चिया संगै कुकिज बिस्कुट सबैलाई बाढिन्। त्यतिनै बेला म पनि लखन दाजुलाई लिन प्रकाशको घर पुगेँ। चिया र कुकिजको भाग मैले पनि पाएँ। सरिताले यौटा प्रस्ताव राखिन्। लुखिराम र दिब्याको पहिलो काठमाण्डौ यात्रा हो। काठमाण्डौ घुम्ने कुरामा लखन दाजुको मलाई चिन्ता छैन, वहाँ त फेरिफेरि पनि आईरहनु हुन्छ। आफैंले छोराछोरिलाई घुमाउन त्यति मेसो पनि पाउनु हुन्न र भ्याउनु हुन्न। तिनिहरुले राम्रो संग काठमाण्डौ घुमाइदिने कुरा हामिले ख्यालख्याल सम्झनु हुन्। आज दिनभरी कृतिकाले नै घुमाएर साँझ कृष्ण दाजुकोमा छोडिदिन्छे र आफु घर आउछे।

लखन दाजुलाई लिएर म घर तर्फ लागेँ, छिट्टै बिहानको खाना खाएर कृतिका, दिव्या र लुखिराम घुम्न निस्के। त्यस दिन उनिहरु सर्वप्रथम नारायणहिटी दरवार सँग्रहालय घुमे, त्यस पछि हनुमानढोका दरवार, सिटिसेन्टरको लिफ्ट चढेर, भृकुटिमण्डप पुगेर माईक्रोबस चढेर जाउलाखेल राष्ट्रिय चिढिया खान घुमे। जाने जति कृतिकाले बताई दिईन। त्यस पछि तिनिहरु खाजा खान नजिकैको लुम्बिनि तन्दुरि तथा ढावामा छिरे गार्लिक नान र मिक्स भिजिटेबल अघाउँन्जेल खाएर महानगर यातायात चढेर पशुपतीनाथको दर्शन गर्न अगाडि बढे। पशुपतीनाथको चारै ढोका बाट दर्शन गरेर बाग्मती नदी तर्फ उभिदा साँझको आरती गर्ने बेला भएको भएर, कृतिकाले दुबैजनालाई मन्दिर परिसर बाट बाग्मती पारि लगिन। आक्रषक आरति चलिरहेको थियो, साँझ झपक्कै पर्नलागेको भएर अलि आतुर भएको महसुस सबैले गरे। सरिताले फोन गरेर सोधिन, कहाँ छौ? के गर्दै छौ? कतिबेला घर फर्कने? कृतिकाले पशुपतीनाथ मन्दिर बाट ट्याक्सी चढेर घर आउदै छौँ। घर फर्कने क्रममा मेरो घर बालजु गंगाहल नजिकै पर्ने भएकाले, लैनचौर आईपुगेपछी, कृतिकाले दिब्या र लुखिराम लाई लिन बाहिर सडकमा आएर बस्नुहोस हौ अंकल भनिन्। लखन दाजु र म दुबै तल सडक सम्म ओर्लियौं। उनिहरू आए, दिब्या र लुखिराम झरे तर कृतिका त्यहि ट्यक्सीमा आफ्नो घर हलचोक तर्फ प्रस्थान गरिन। स्यावास, परिपक्व छोरी, आफ्नो ख्याल गर भनेर, हामि दुबैले कृतिका लाई बिदाइ गरिउँ।

साँझको खानामा मेरी श्रीमती राधाले सुक्खा रोटि, रहरको दाल, चिकन फ्राई, चमसुर-पालगको साग, काक्रा र गाँजरको सलद बनाएकी थिइन्। छोराछोरी समेतले स्वादलिएर खाएको देखेर मलाई शन्तोष लाग्यो। खाना खाएर छोराछोरी एकैछिन, टिभिमा बसे, त्यस पछी आफ्नो सयन कक्षमा सुत्न गए। लखन दाजु, म र राधा धेरैबेर शहृदयी गफ गरिउँ। मिना भाउजुको माया र रेखदेखका कुरा गरिउँ। दाजु-भाउजुको मिलन र सरसहयोगका कुरा गरिउँ। सुत्नु अघि भाउजु संग कुरा गरेर सुत्न आग्रह गरे बमोजिम नै लखन दाजुले त्यसै अनुरुपको कार्य गर्नुभयो। मिना भाउजुलाई छोराछोरीको न्यास्रो लागेकाले भोलि बिहान फोन गराउने बचनबद्धता सहित कुराकानि समाप्त भयो। दिउँसै फोन गरेर, लक्ष्मि र शितलले, लखन दाजु, दिब्या, लुखिराम सहित, निरु, प्रकाश तथा मेरो सपरिवारलाई संयुक्त रुपमा बिहानको खाना खान र दिनभरी संगै बसेर भलाकुसारी गर्ने भनेर निम्तो दिएका र भोलि अलि छिट्टै काममा सघाउन पनि भ्याउने गरी जानु पर्ने भएकाले अबेर नगरी सयान कक्षतर्फ लागिउँ।

बिहान सबेरै निद्राले छोड्यो। सौच गरी, सँधै झैँ जानेको योग गरी पहिला राधालाई उठाएँ, त्यस पछि लखन दाजुलाई उठाएँ। बिहानको चिया खाउन्जेल छोराछोरी सुति रहे। राधा बिहानको हल्क खाजा बनाउने भनेर भान्सामा गइन, लखन दाजु र म पनि संगै गयौँ। राधाले पसलबाट दुध पाउरोटि ल्याइन, मैले पाउरोटिमा जाम राखेँ। अबेर गरेर दिब्य, लुखिराम र हाम्रो सानो छोरो श्लोक पनि भान्सामा आए। उनिहरुलाई मन पर्छ भनेर पाउरोटिमा अलि बढि चक्लेट जाम राखिदिए। सबैले दुध र पाउरोटी खायौँ, राधा खाजा खाएका भाडा माझ्न ब्यस्त भइन। मैले लखन दाजुलाई मधेसमा राजनीति कस्तो लागेको छ त, भनेर सोधेँ? लखन दाजुले तनावको बाताबरण भएको कुरा सुनाउन भयो। सर्वत्र घृणा, हिँसा, अपराध, दादागिरी, प्रतिषोध, कुन्ठा सम्पुर्ण नकारात्मक मात्रै रहेको कुरा सुनाउनु भयो। मैले लखन दाजुलाई सद्भाव र सहृदयता बाट बिचल्लित नहुन र भवनात्मक एकतामा आँच आउने कुनै पनि कार्य नगर्ने सल्लाह दिएँ। लखन दाजु यो सब देश, जनता र समाजको लागि कसैले गरेको होइन भन्ने कुरामा दृढ हुनुहुँदो रहेछ। त्यति कुरा गर्दा गर्दै, राधाले आफ्नो कार्य सम्पन्न गरेर, आफु र बाबुलाई तयार गर्न भ्याईछिन। हामि पनि खास औपचारिकता पुरा नगरी तयार भयौँ। दिब्या र लुखिराम आफै तयार भएछन्। यौटा ट्याक्सी रिजर्भ गरेर शितलको घर, ज्ञानेश्वर तर्फ प्रस्थान गरिउँ।

शितलको घरको कौशीमा प्रसस्त स्थान भएकाले, लक्ष्मिलाई पनि शीतलले त्यहिँ बोलाएकि रहिछन्। बिहानको खानामा पुलाउ, खासीको मासु, माछा प्राई, मुसुरोको दाल, टमाटरको अचार र कोल्ड ड्रिँक्स रहेछ। हामि पुगे लगत्तै, प्रकाशको परिवार र त्यस पछि निरुको परिवार पनि त्यहिँ आयो। सबैजना भेला भएपछि लक्ष्मिले उफरमा गित बजाइन र छोराछोरीहरुलाई मस्ति गर्न आग्रह गरिन र त्यसको नेतृत्व कृतिकाले पाइन। कृतिकालाई सघाउने जिम्वेवारी निरुका छोरा संस्कारको। श्लोक बाट सुरु गरेर दिब्या, लुखिराम, कृतिका तथा संस्कार समेतले असाध्यै राम्रो नृत्य प्रस्तुत गरे। सबैजना भिड्दा खानेकुरो पनि तुरुन्तै तयार भयो। छोराछोरी खालेले बाजा र हामि केटा खालेले गफ रोकेर खाना खान अगाडी सरिउँ। असाध्यै मिठो खाना खाइयो। श्रीमतिहरुले थालबोटुका सफागरुन्जेल, समाज, संस्कृति, अर्थतन्त्र, धर्म र संस्कारमा क्रमश: भित्रिएका र स्विकार गरिएका गलत प्रतिमानहरुले आम सर्वसाधारण तथा सिमान्तकृत जनता तनाव र अन्यायको सिकार भएको र ति जनताको सशक्तिकरण तथा आत्मसम्मानको ज्ञारन्टि कसरि होला भनेर सबैले सामुहिक चिन्ता प्रकट गरिउँ। करिव सबै साथिहरुको सहमति, जरो र किलो अन्तै भएका राजनीतिक सिद्धान्तको तोडमोड प्रयोगले आफ्नो संस्कृति र सभ्यतको गलारेटेको, गलत प्रतिमान स्थापित भएको र नाबालिग, युवा, युवति तथा जवानहरू बिचलन र कर्तब्य च्युत हुदै गएको र कसैन कसैले त सद्भाव र सहृदयताको उद्घोष गर्नै पर्छ भन्ने नै थियो।

सबैजनालाई त्यहिँ छाडेर, लखन दाजु, निरू, प्रकाश र म एकै छिन भनेर, दाजुकोलागी आवश्यक सामाग्री किन्न बजार तिर निस्कियौँ। करिब ३ घण्टाको बजार भ्रमण पश्चात दाजुका लागी आवश्यक सामग्रि किन्न सक्यौँ। लक्ष्मि र शितलको तर्फ बाट मिना भाउजुलाई एउट जापानिज सिफनको साडि र जाडोमा समेत ओड्न मिल्ने रेशमको सल, मरो तर्फ बाट लखन दाजुका बुबा आमालाई क्रमश: कमिज-सुरुवाल, सुतिको धोति तथा दाजु स्वयमलाई एक सेट दौरा-सुरुवाल, ढाका टोपि र स्टकोट त्यसै गरि निरु र प्रकाशको तर्फबाट दिब्या र लुखिरामका लागि एकएक सेट जिन्स पैन्ट, टि-सर्ट र जुत्ता उपहार किनि दिए। बांकी सामान दाजु आफैले किन्नु भयो। फर्कदा हाम्रा छोराछोरीले पनि केहि न केहि आस गर्लान भनेर सबैलाई एउटा एउटा टि-सर्ट र सबैलाई पुग्ने किसिमले आईसक्रिमका दुईवटा ठुला प्याक पनि लिएर गयौँ।

शितल र लक्ष्मिको भोज सकिएकै थिएन। सबै जना हाम्रै बाटो हेरिरहेका भएर खासै रौनक थिएन त्यतिन्जेल। हामि पुगपछि फेरि माहोल बन्यो। बाजा बजाउनेहरु बजाउन थाले। नाच्नेहरु नाच्न सुरु गरे। हामिले लगेको आईसक्रिम राधा, शितल, लक्ष्मि र सरिताले सबैलाई बाँढेर भाग लगाए। आईसक्रिम खान पाउँदा छोराछोरी खास रमाए। त्यतिन्जेल साँझको परिकार तयार भएको रहेछ। परिकारमा चिउरा, म:म:, माछा फ्राई, पनिरको तरकारी, चिकन चिल्ली, साँधेको भटमास सानो केराउको अचार लगायत थियो। सबैजनाले हँसमुख, आत्मियता, सहृदयतापुर्ण ढंगले रमाई रमाई खाएको दृष्य मनमोहक थियो। सबै मिलेर सरसफाई गरिसकेपछि आआफ्नो घर तर्फ प्रस्थान गर्ने निधो गरियो। करिब साँझको ७ बजेको थियो शितलको घर छोड्दा। शितल र लक्ष्मिले लखन दाजु, दिब्या र लुखिराम प्रति संकेत गर्दै, फेरीफेरी पनि आउनु पर्छ है, भनेर प्रस्ताव राखिन। लुखिराम दाजुले सहमती जनाउनु भयो र अर्को पटक तपाईहरु आउँदा एक, दुई दिन बस्ने गरी समय मिलाएर आउनु होला भनेर वहाँले पनि निम्ता दिनु भयो। सबैले एकअर्काको निमन्त्रणालाई स्विकार गर्दै आआफ्नो गन्तब्य तर्फ लागियो।

लखन दाजुले घर फर्कनका लागि भोलि सांझ ७ बजे नयाँ बसपार्क बाट घर फर्कने टिकट लिनु भएको थियो। दिन सांझ लखन दाजु, दिब्या र लुखिरामलाई निरुले लिएर गयो। साँझको खाना बहिरै खाएको भएर, निरु, मुना र लखन दाजुहरु अबेर सम्म भलाकुसारि गरे। सुत्नु अघि मिना भउजुलाई भोलि गाडि चढ्दै छौँ भनेर सुनाए। आमा संग दिव्या र लुखिराम पनि एकै छीन बोले। भोलि बिहान र दिउसो दिब्या र लुखिरामलाई घुमाउने पालो निरु र मुनाको छोरो आशुतोषको रह्यो।

बिहानको खाना मुनाले चाडै तयार पारिन। दिब्या र लुखिराम लाई कहाँ कहाँ घुमेउ भनेर सोधिन। उनिहरुले घुमेको स्थान बताए। उसो भए नघुमेका केहि स्थानहरु आशुतोषले घुमाई दिन्छ भनेर आस्वस्त पारिन। छोराछोरीहरु पहिला नारायणस्थान गए, फर्कदा गँगालाल हृदयकेन्द्र र त्रिभुवन विश्वबिधालय शिक्षण अस्पताल र बौद्धनाथ घुमे। बौद्धनाथ बाट फर्कन भन्दा पहिला खाजा खाए त्यसपछि, गौशाला, मैतिदेवि, घण्टाघर, टुँढिखेल, महाँकाल र रानिपोखरी हुँदै दिउँसो ५ बजे घरै आईपुगे। दिब्या र लुखिरामले आफ्ना लुगा आफौँले मिलाए। लुखिराम दाजुले पनि आफ्नो झोला मिलाउनु भयो। मुनाले हल्का दाल, भात र तरकारि नै पकाएर खुवाउनुभो। बाटामा छोराछोरी भोकाउलान भनेर दुईदुई वटाका दरले आलुपरौठा बनाएर हटकेसमा राखिदिईन। ६ बजेको थियो, प्रकाश, मलाई, शितल र लक्ष्मि सबैजनालाई लुखिराम दाजुले फोन गर्नु भयो र नयाँबस पार्क बाट लक्ष्मिपुरको गाडि चढ्ने कुरा बताउनु भयो। सबैले शुभयात्राको शुभकामान भने। निरुको घर बसपार्क नजिकै भएकाले ६:४५ मा घरवाट निस्के। निरु पनि बसपार्क सम्म पुर्याउन भनेर गयो। बस लागि रहेको रहेछ। लखन दाजु, दिब्या र लुखिराम आआफ्नो सिटमा गएर बसे। गाडि हिड्यो ओझेल नपरुन्जेल दिब्या, लुखिराम र लखन दाजु हात हल्लाउँदै अभिवादन गर्दै थिए। जब बस ओझेल पर्यो, निरु पनि बसपार्क बाट घर फर्कियो।

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.