कविता : बुद्ध

~बिमल गुरुङ~bimal-gurung

शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुबस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
ह्याक्सको काम गर्छ ।

धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
बिश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडी राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरु, आँखा हटाएको छ
धर्म: सिर्फ माफियाको इन्जेक्सन !
बुद्ध! सैनिक पोशाक लगाउँछौ ?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.